२०८३ वैशाख २७ , आइतबार

कर्णालीमा कांग्रेस चाँडै सरकारमा जान्छ : उपप्रधानमन्त्री खड्का



काठमाडौं। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सात वटै प्रदेशमा अहिलेकै सत्ता गठबन्धनको सरकार बन्ने बताएका छन्। नेपाल प्रेस युनियनले शनिबार सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनको सरकार बनाउने विषय चरणबद्ध प्रक्रियामा रहेको बताए।

सातै प्रदेशमा अहिलेकै गठबन्धनको सरकारको बन्छ। जहाँजहाँ त्यो काम गर्न बाँकी छ। चरणबद्ध प्रक्रियामा छ’, उनले भने। खड्काले कर्णाली प्रदेश पनि सोही प्रक्रियामा रहेको बताए। उनले के गर्ने भनेर केन्द्रको नेतृत्वले निर्णय गर्ने र सोही निर्णय सबैतिर लागू हुने बताए। ’केन्द्रमा भएको निर्णय सबै ठाउँमा लागू हुन्छ।

 

लागू हुने क्रम अघि बढेको छ। कर्णालीमा पनि धेरै चाँडै नेपाली कांग्रेस सरकारमा गएको देख्नुहुन्छ’, उनले भने। साथै उनले एमालेसँगको अप्राकृतिक गठबन्धन भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भएको समेत दाबी गरे ।

प्रकाशित मिति : २०७९ चैत २५ गते शनिबार