सुर्खेत । नक्कली विज्ञापन राखी अनलाइनमार्फत ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आइतवार भक्तपुरको बालकोटबाट हुम्लाको सिमकोट गाउँपालिका ४ का २४ वर्षीय उपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
शाहीले हाम्रो बजार डट नामको वेभसाइटमा नक्कली विज्ञापन राखी ठगी गरेको प्रहरीले बताएको छ । ठगीसम्बन्धी कसूरमा पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि प्रहरी परिसर टेकु पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : २०७९ चैत २६ गते आइतबार