कर्णालीमा कांग्रेसका तीन मन्त्रीले आज शपथ लिने

खबर दृष्टि
खबरदृष्टि ६ बैशाख २०८०, बुधबार ०९:३६

सुर्खेत । कर्णाली प्रदेशमा सिफारिस गरिएका नेपाली कांग्रेसका तीन मन्त्रीको शपथ आज हुने भएको छ । मंगलबार दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सुर्खेत–१ ‘क’बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट ‘क’बाट निर्वाचित बेदराज सिंह र दैलेख–१ ‘क’बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

 

सिंहले आर्थिक मामिला तथा योजना, पोखरेलले सामाजिक विकास र बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । तीन जनाको नाम मुख्यमन्त्री राजकुमार शर्मा समक्ष सिफारिस गरिसकिएको कांग्रेसले जनाएको छ । सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले तीन मन्त्रीको शपथ दिउँसो तीन बजे गर्ने तयारी भइरहेको जानकारी दिए ।

 

प्रदेशसभामा १४ सिटसहित पहिलो दल रहेको कांग्रेसले अबको अढाई वर्षपछि मात्रै सरकारको नेतृत्व पाउने र अहिले माओवादी नेतृत्वकै सरकारमा सहभागिता जनाउने भएको हो । यो सँगै अब कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले तेस्रो पटक विश्वासको मत लिने तयारी थालेका छन् । उनले बिहीवार विश्वासको मत लिने सम्भावना देखिएको छ ।

 

४० सदस्यीय कर्णाली प्रदेशमा सरकार बनाउन २१ सिट आवश्यक पर्छ । कांग्रेससँग १४, माओवादीसँग १३, एमालेसँग १०, एकीकृत समाजवादी, राप्रपाका र स्वतन्त्रका एक÷एक सांसद छन् । परिणाममा तेस्रो र पपुरल मतमा प्रदेशमा पहिलो भएको एमाले सशक्त प्रतिपक्षमा आउने भएकोले कर्णाली प्रदेश सभामा सत्ता र प्रतिपक्षको रोचक भिडन्तको अनुमान गर्न सकिन्छ ।

Next Post

राज्यको व्यवहारबाट दलित समुदायमा निराशा र आक्रोस भरिएको छ : सांसद विश्वकर्मा

६ बैशाख २०८०, बुधबार ०९:३६
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रूपा विश्वकर्माले संविधान कार्यान्वयनका चरणमा राज्य र जनप्रतिनिधिहरूले गर्ने व्यवहारबाट दलित समुदायमा निराशा र आक्रोस भरिएको बताएकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद विश्वकर्माले यस्तो बताएकी हुन् ।   उनले मुलुकमा संघीय लोकतान्त्रिक व्यवस्था आइसक्दा पनि न्याय पाउने अवस्था नभएपछि दलितहरू यो व्यवस्थाप्रति निराश […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930