
सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हिक्मत विष्टलाई चयन गरिएको छ । नेपाली कांग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले सदस्य विष्टलाई दलको प्रमुख सचेतक चयन गरेको हो ।
प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवं दलका नेता जीवनबहादुर शाहीले दलको बैठकले सबैको सहमतिमा विष्टलाई उक्त पदमा चयन गरेको जानकारी दिए । विष्ट कालीकोट प्रदेश–२ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
प्रकाशित मिति : २०८० वैशाख ८ गते शुक्रबार