
सुर्खेत । वीरेन्द्रनगरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका ६ मा जुवातास खेलिरहेको गोप्य सुचनाको आधारमा नगर प्रहरी कार्यालय सुर्खेतबाट खटीएको प्रहरी टोलीले शनिवार साँझ ५ बजेको समयमा उनीहरुलाई नगद २४ हजार २ सय ८५ रुपैयाँ र तीन बुक तास सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर ५ का वर्ष ४३ का धुव्र पुरी, सोही ठाउँका वर्ष ५३ का प्रकाश गुरुङ, वर्ष ५७ का तप बहादुर राना, वर्ष ४६ का खड्कबहादुर रावत र दैलेखको दुल्लु नगरपालिका ११ घर भई हाल विरेन्द्रनगर नगरपालिका–३ बस्ने वर्ष ४६ को अमर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० वैशाख १० गते आइतबार