
हुम्ला । हुम्लामा एक सातापछि राष्ट्रिय वाणिज्य बैंकबाट रकम चाटर गरिएको छ । हुम्लामा नियामित हवाई सेवा सुचारु नहुँदा लामो समयपछि हुम्लामा रहेका बैंकमा सेवाग्राहीको भिडभाड देखिन थालेको छ ।
वर्षभरिको योजना तीन पटक निकासा हुने भएकाले हुम्लामा बजेटको अभाव हुन नदिन राष्ट्रिय वाणिज्य बैंकबाट रकम चाटर गरिएको बैंकको हुम्ला शाखाका सहायक म्यानेजर मानबहादुर शाहीले बताए ।
शाहीका अनुसार नेपालगञ्जदेखि तारा एयरले ल्याउने भनेपनि क्यानसिल भएपछि समिट एयरले रकम चाटर गरेको बताए । एक चाटरमा ३० करोड नेपाली रुपैयाँ ल्याइएको राष्ट्रिय बैंक शाखा कार्यालय हुम्लाले जनाएको छ ।
अहिले नै स्टक पैसा राखेमा असार मसान्तमा हरेक बजेट निकासा हुने भएकाले हुम्लाका नागरिकले अगाडिका वर्षजस्तो दुःख नपाउने हितुले बैंक रकम चाटर सिजनमा नै गरिएको छ ।
प्रकाशित मिति : २०८० वैशाख ११ गते सोमबार