२०८३ वैशाख ४ , शुक्रबार

रुकुम कप भलिबल : सुर्खेत, रुकुम र बाँफिकोट विजयी



रुकुमपश्चिम । सर्वाधिक पुरस्कार राशिको रुकुम कप भलिबल प्रतियोगितामा बुधवार तीन खेल भएका छन् । बुधवारको खेलमा आयोजक रुकुम पश्चिम, सुर्खेत र रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका विजयी भएका छन् ।

 

पहिलो खेलमा रुकुम पश्चिमले विभागीय टोली सशस्त्र प्रहरी (एपिएफ)लाई ३–२ को सेटमा पराजित गर्दै बिजयी बनेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा २–० ले पछि परेको अवस्थाबाट रुकुम पश्चिमले लगातार तीन सेट जित्दै खेल जितेको हो ।

 

दोस्रो खेलमा सुर्खेतले सल्यानलाई ३–१ को सेटमा पराजित गर्यो भने तेस्रो खेल रुकुम पश्चिमकै दुई टिमका विचमा भएकामा बाँफिकोट गाउँपालिकाले ठूलीदह युवा क्लवलाई शुन्यका विरुद्ध ३ सेटले विजयी भएको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ ।

 

त्यस्तै चौंथो खेल भने आज पुरा हुन सकेन । आयोजक वि र त्रिवेणी गाउँपालिका विचको खेल वर्षाका कारण पुरा हुन नसकेको अध्यक्ष बुढाले जानकारी दिए । आयोजक वि २–० ले अघि रहेको अवस्थामा खेल रद्ध भएको बताइएको छ ।

 

मंगलवारबाट सुरु भएको प्रतियोगिता वैशाख २४ गतेसम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद ५ लाख, उप विजेताले २ लाख ५० हजार र सेमिफाइनलमा पुग्ने दुई टिमले समान १÷१ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ ।

 

आयोजकका अनुसार यो प्रतियोगिता कर्णाली प्रदेशकै हालसम्मको सर्वाधिक पुरस्कार राशिको हो ।

प्रकाशित मिति : २०८० वैशाख २० गते बुधबार