
हुम्ला । हुम्लाकी एक महिला सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । अदानचुली गाउँपालिका वडा नं ५ काखे गाउँकी निर्मला शाही सिंहलाई हेलिकप्टरमार्फत उद्धार गरीएको हो ।
उनलाई मंगलबार सुत्केरी ब्यथा लागेर गाउँकै श्रीनगर स्वास्थ्य चौकीमा उपचारका लागि लगिएपनि बच्च जन्माउन नसकेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उनलाई बुधवार सुर्खेत ल्याइएको उनका श्रीमान मोहन सिंहले बताए । चालु आर्थिक वर्षमा हुम्लाबाट निर्मलासहित दश जना सुत्केरीको उद्धार गरिएको छ ।
प्रकाशित मिति : २०८० असार २७ गते बुधबार