गौहत्याविरुद्ध वीरेन्द्रनगरमा प्रदर्शन

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता १० भाद्र २०८०, आईतवार ०९:४०


सुर्खेत । सुर्खेतमा गौहत्याविरुद्धमा प्रदर्शन गरिएको छ । वैदिक सनातन धर्म सेवा समिति सुर्खेतको आयोजना र ॐ कार परिवार धार्मिक संघ संस्थाको समन्वयमा शनिवार उक्त विरोध प्रदर्शन गरिएको हो ।

प्रदशनकारीहरुले विभिन्न ब्यानरका साथ गौहत्या बन्द गर जस्ता नारा लगाउएर भजन कीर्तन गर्दै वीरेन्द्रनगर बजार परिक्रमा गरेका हुन् ।  राष्ट्रिय जनावरको साथै गाईको हत्या गर्नु अपराध मानिएको छ । गाईको संरक्षणका लागि उक्त प्रदर्शन गरिएको जनाइएको छ । नेपाल राष्ट्रिय जनावर र हिन्दु धर्मावलम्बीहरूले माताका रूपमा पुज्ने गाईको हत्या गरिएको विषयमा वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरिएको हो ।

गाईको संरक्षणका साथै सनातन हिन्दु धर्मको रक्षाका लागि गरिएको उक्त प्रदर्शनमा सहभागी नागरिक अगुवा ललित भट्टराईले बताए । देशव्यापी रूपमा अहिले गौहत्याका विषयमा विरोध प्रदर्शन भइरहेका छन् । राष्ट्रिय जनावर तथा हिन्दुहरूको माता गाईलाई संरक्षण गर्न तथा गौ हत्या जस्तो आपराधिक कार्यलाई पूर्ण रूपमा बन्द गराउन दबाब दिने उद्देश्यले गौहत्याविरुद्धमा प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

Next Post

युवा संघ कर्णालीको अध्यक्षमा शाही सर्वसम्मत चयन

१० भाद्र २०८०, आईतवार ०९:४०
सुर्खेत । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ कर्णाली प्रदेशको अध्यक्षमा जीवन शाही सर्वसम्मत चयन भएका छन् । ६ गतेदेखि वीरेन्द्रनगरमा सुरु भएको राष्ट्रिय युवा संघ कर्णालीको प्रथम अधिवेशनबाट दैलेखका शाही अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । शाही यसअघि युवा संघ दैलेखका अध्यक्ष थिए । यस्तै, संघको उपाध्यक्षमा कालीकोटका गणेश शाही, […]
May 2025
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031