दैलेख । नेकपा एमाले र नेपाली कांग्रेसको बलियो आधार रहेको दैलेखको भैरवी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का प्रवेश गर्नेको लहर नै चलेको छ ।
मंगलबार एकैदिन २६ जनाले नेकपा एमाले परित्याग गरी माओवादी प्रवेश गरेका छन् । गाउँपालिकाको वडा नम्बर १ का २६ जना माओवादी प्रवेश गरेका हुन् । यसअघि पनि विभिन्न वडाका एमाले र कांग्रेसका नेता, कार्यकर्ताहरु माओवादी प्रवेश गरेका थिए ।
एमालेमा पछिल्लो समय ओलीको एकत्रान्तिक शासन चलेको र एमाले जनताको परिवर्तन पक्षमा नरहेको भन्दै उनीहरुले माओवादीमा प्रवेश गरेको बताएका छन् ।
माओवादी केन्द्र भैरवीका इञ्चार्ज उपेन्द्रकुमार रावत (क.सुशील)ले भैरवीमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ प्रभावकारी रुपमा चलिरहेको र माओवादी रोज्नेहरु बढीरहेको बताए । मंगलबार वडा नम्बर १ मा टिकाराम थापाको अध्यक्षतामा वार्ड कमिटी पुनर्गठन गरिएको छ ।
#जनताको पार्टी माओवादी, परिवर्तनका लागि माओवादी