२०८३ वैशाख २६ , शनिबार

‘गाउँमा जाली फटाहकै रजगज, नेतृत्वमा सीमा समस्याले जनता निराश’



सुर्खेत । यतिबेला नेकपा (माओवादी केन्द्र) ले थालेको तीन महिने अभियानसँगै नेता, कार्यकर्ताहरु गाउँमा छन् । वडा, पालिकादेखि जिल्ला इञ्चार्जहरु आफ्नो खटाइएको स्थानमा अभियानलाई प्रभावकारी बनाउ तम्सिएको अवस्था छ । हुम्लाको अदानचुली गाउँपालिकाका इञ्चार्ज गंगा खड्काले पालिकाका वडा–वडामा प्रशिक्षण, कार्यक्रम, जनभेटघाटका कार्यक्रमहरु चलिरहेको बताइन् ।

यस्तो छ उनको रिपोर्ट
भदौ १३ गते अदानचुली गाउँपालिकामा पुगेकी खड्काले १४ भदौमा अभियानमा खटिने कमरेडहरुसँग छलफल गरिन् । १५ गते पालिका स्तरिय कमिटी विस्तारित बैठक बसेको थियो भने १६ गते वडा नम्बर १ देखि ६ सम्मको अभियान उद्घाट कार्य सम्पन्न भयो । १७ गते वडा नम्बर ४ को विस्तारित बैठक तथा प्रशिक्षण सम्पन्न गरेकी उनले १८ गते ५ नम्बर वडाको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम गरिन्।

१९ गते ६ नम्बर वडाको प्रशिक्षण कार्यक्रम गरिएको थिथयो । जहाँ एमालेमा कार्यरत एक जना माओवादीमा प्रवेश गरे । त्यसपछि २० गते ६ नम्बर वडाबाट ३ नम्बर वडामा पुगियो । २१ भदौमा उक्त वडाको विस्तारित बैठकका साथै प्रशिक्षण कार्यक्रम गरिएको उनले बताइन् ।

२२ गते वडा नम्बर १ को कल्खेमा विस्तारित बैठक साथै प्रशिक्षण कार्यक्रम गरिएको थियो । यस्तै २३ गते २ नम्बर वडाको बैठक सम्पन्न गरियो । सोही दिन पुर्व पिएए र सहिद परिवारहरुसँग अन्तरक्रियात्मक छलफलसति पुर्व पिएएको संगठन गठन गरिएको खड्का बताउँछिन् । त्यही दिन सहिद परिवार समाजको पालिका स्तरिय संगठन निर्माण समेत गरिएको उनले बताइन।

गाउँमा जाली फटाहकै रजगज
खड्काले अभियानको क्रममा जाली फटाहका कारण जनतामा निराशा छाएको बताइन् । संघ र प्रदेश सरकारबाट भनेको ठाउँमा योजना नपर्ने हुँदा पालिका पार्टी र सरकारप्रति आक्रोश बढेको उनको भनाइ छ । ‘केहीले दलालहरुले योजना पाएको र इमान्दार कार्यकतार्न, जनताले योजना नपाउँदा आक्रोश व्यक्त भए,’ उनी भन्छन् ।

साथै अभियानका क्रममा अन्य दलका मान्छेहरुसँग पनि विकेन्द्रीयत तरिकाले छलफल गरिएको उनको भनाइ छ । गठबन्धनको सरकार भएकाले जनतामा भने जस्तो काम नभएकाले जनतामा निराशा देखिन्छ । ‘खड्काले अभियानले जनता, कार्यकर्तामा उत्साह थपेको उनको भनाइ छ । यद्यपि कार्यकर्ता भन्दा नेतृत्वमा सिमा समस्याहरु रहेको पुष्टि भयो,’उनी भन्छिन् ।

प्रकाशित मिति : २०८० भदौ २८ गते बिहीबार