चिनीको भाउ किलोमै ५० रुपैयाँसम्म बढ्यो

खबरदृष्टि सम्वाददाता ६ आश्विन २०८०, शनिबार ११:०४

काठमाण्डौ । चिनीको भाउ किलोमै ५० रुपैयाँसम्म बढेको छ । एक महिना अघिसम्म किलोको एक सय रुपैयाँमा पाइने चिनीको भाउ अहिले एक सय ५० रुपैयाँसम्म पुगेको हो । कतिपय खुद्रा पसलमा चिनी नै छैन भने भएकाहरुले पनि मनलाग्दी भाउ लिइरहेका छन् ।

केही पसलमा किलोको एक सय ३० रुपैयाँमै पाइने र केहीमा एक सय ५० रुपैयाँसम्म लिने गरेको उपभोक्ताहरुले बताएका छन् । नेपाल खुद्रा व्यापार सङ्घले भने खाद्य तथा किराना वस्तुको मूल्य सूचीबाट चिनीको सूची नै हटाएको छ ।

चिनीको मूल्य थोकमै मनलाग्दी भएकाले धेरै खुद्रा व्यापारीले चिनी बेच्नै छाडेका कारण सूचीबाट मूल्य हटाएको सङ्घले जनाएको छ । यस्तै, चिनी अभाव भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको बिक्री स्थगित गरेको छ । चिनीको मौज्दात कम रहेकाले अहिलेका लागि बिक्री रोकेको कम्पनीले जनाएको छ ।

सरकारले आयात अनुमति नदिँदा चिनी अभाव भएको व्यवसायीहरुले बताएका छन् । आन्तरिक उत्पादनले बजारको माग नधान्ने र ६० हजार टन चिनी आयातका लागि सरकारलाई अनुरोध गरेकोमा सरकारले नदिएको व्यवसायीको आरोप छ ।

दशैँ, तिहार, छठलगायतका ठूला पर्व शुरु हुँदा हरेक वर्ष चिनीको भाउ बढ्ने गरेको भए पनि यो वर्ष अत्यधिक बढेको हो । चिनीमा भएको कालोबजारी रोक्न सरकारले हस्तक्षप नगरेसम्म भाउ नियन्त्रण नहुने अधिकारकर्मीले बताएका छन् ।

Next Post

सामाजिक सेवा दिवसको अवसरमा सुर्खेतमा तीनजना सम्मानित

६ आश्विन २०८०, शनिबार ११:०४
सुर्खेत । ४४ औं सामाजिक सेवा दिवसको अवसरमा सुर्खेतमा तीनजना सम्मानित भएका छन् । गैरसरकारी संस्था महासंघ सुर्खेतले तीन समाजसेवीलाई सम्मान गरेको हो । दिवसका अवसरमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य मीनबहादुर शाही, कलाकार प्रेमदेव गिरी र शिक्षा क्षेत्रका अभियन्ता शिला गुरुङलाई सम्मान गरिएको हो । कर्णाली प्रदेश सरकारका आन्तरिक […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031