२०८३ वैशाख २७ , आइतबार

गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार



सुर्खेत । अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षिय मङ्गली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।

थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएपछि थप उपचारका लागि महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहीबार