२०८३ जेठ २७ , बुधबार

एमाले कर्णाली अध्यक्षमा गुलाबजंग शाह विजयी, अन्य पदमा को ?



सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजंग शाह विजयी भएका छन् । अर्का उम्मेदवार मीनबहादुर शाहीलाई पराजित गर्दै शाह प्रदेश अध्यक्षमा विजयी भएका हुन् । आज (सोमवार) सम्पन्न मत परिणाम अनुसार शाहले ३६९ मत प्राप्त गरे ।

शाहीले भने २०७ मत ल्याए । यस्तै अध्यक्षमा उम्मेदवारी दिएका अर्का प्रकाश रोकायले भने जम्मा ४ मत मात्रै प्राप्त गरे । उपाध्यक्षमा टेकराज पछाईले ३४२, सचिवमा धु्रवकुमार शाहीले ४०६, उपसचिवमा रविन्द्रकुमार शर्माले २९९ र रमेशवहादुर शाहीले २६६ ल्याएर निर्वाचित भएका छन् । कर्णालीमा कुल ६ सय ९ मत खसेको थियो ।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमबार