सुर्खेत । छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीया बुबालाई पक्राउ गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिकामा १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनका बुबालाई पक्राउ गरेको हो ।
छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा ४१ वर्षीय बुवालाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ । पीडित भनिएकी बालिकाले प्रहरीमा उजुरी दिएपछि अनुसन्धान गर्नका लागि आरोपित बुवालाई पक्राउ गरिएको हो । आरोपितलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० असोज १५ गते सोमबार