दैलेख । दैलेखको दुल्लु नगरपालिका–१ मण्डा टिमीलापानीमा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका–७ का ३३ वर्षीय गोपाल थापा रहेका छन् ।
दुल्लु–तल्लो डुंगेश्वर सडक खण्डअन्तर्गत तल्लो डुंगेश्वरबाट दुल्लु जाँदै गरेको कर्णाली प्रदेश ०२००१ क १९९ नम्बरको टिप्पर सोमबार बेलुकी ८ बजेतिर दुर्घटना हुँदा घाइते भएका थापाको उपचारका क्रममा दुल्लु अस्पतालमा इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक कृष्ण बहादुर डाँगीले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा दुईजना घाइते भएका छन् ।
दुल्लु नगरपालिका–७ बस्ने चन्द्रबहादुर थापा र प्युठानको ऐरावती गाउँपालिका–५ का ३० वर्षीय मुक्तप्रसाद उपाध्याय घाइते भएका हुन् ।
घाइते दुवैजनाको उपचार दुल्लु अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक डाँगीले बताए ।
प्रकाशित मिति : २०८० असोज १६ गते मंगलबार