२०८३ जेठ २७ , बुधबार

सिम्ता वातावरणको एक्काइसौ वार्षिक साधारणसभा सम्पन्न



सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर ८, सुर्खेतको एक्काइसौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता क्षेत्रमा रहेका सदस्यहरुको उपस्थितिमा सोमवार सिम्ताको जामुनेबजारमा वार्षिक साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन सिम्ता गाँउपालिकाका अध्यक्ष ऐनबहादुर चन्द गरेका हुन् ।

उद्घाटन सत्रमा बोल्दै अध्यक्ष चन्दले राज्यको तीनखम्बे अर्थ नीतिको एक महत्वपूर्ण खम्बाको रुपमा रहेको सहकारीहरुहरुले राज्यको आर्थिक विकासलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले यस संस्थाले आफ्नो जिम्मेवारी सफलताका साथ पुरा गरिरहेको बताए ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि तथा सिम्ता गाउँपालिका–६ का वडा अध्यक्ष गुलाव सिंह ठकुरीले वातावरणले यस क्षेत्रका सदस्यहरुलाई उद्यमी बन्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले संस्थाका सदस्यहरु पनि संस्थाबाट ऋण कारोबार गरेर व्यावसायिक एवं उत्पादनमुखी हुनुपर्नेमा जोड दिए ।

संस्था संचालक समितिका उपाध्यक्ष प्रेमप्रसाद चालिसेको अध्यक्षतामा उक्त साधारण सभा सम्पन्न संस्थाका प्रवन्धक श्यामलाल न्यौपानेले बताए । उनकाअनुसार संस्थाले चालु आर्थिक वर्ष २०८०/०८१ को ७ अर्व ८१ करोड ५२ लाख ८० हजार ४ सय ३२ रुपैयाँ ७२ पैसाको संशोधित र आगामी आर्थिक वर्ष २०८१/०८२ को ९ अर्व २५ करोड १८ लाख १० हजार ४ सय ३२ रुपैयाँ ७२ पैसाको प्रस्तावित बजेट तथा कार्यक्रमलाई समेत स्वीकृत गरेको छ ।

प्रकाशित मिति : २०८० असोज २२ गते सोमबार