गठबन्धन सरकार नसच्चिए व्यवस्था जोगाउन असम्भव

ठम्मर बिष्ट २३ कार्तिक २०८०, बिहीबार १३:२७

ठम्मर बिष्ट ,सुर्खेत । गठबन्धन सरकार नसच्चिए अब १२ बुँदेको बाँधले मात्र व्यवस्थालाई जोगाउने सम्भावना कम छ ।  जनविरोधी र राष्ट्रघाती सरकारले एक पछि अर्को घटाएका काण्डहरू,भारतीयहरू भीत्रयाउने डिजाइनमा बनेको नागरीकता काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड, सुन काण्ड, रेशम, रीगल जेल काण्ड, महँगी बेरोजगार काण्ड, चुच्चे नक्सा बिक्री वितरण काण्ड, युवा पलाएन काण्ड, बाकसमा लास फिर्ती काण्ड, महँगी कालोबजारी काण्ड, एमसिसी देश धरौटी काण्ड, आसेपासे , नातेदार कमिसन काण्ड यस्ता थुप्रै काण्डै काण्डहरू दिन प्रतिदिन बढ्दो क्रममा छन्।

देशमा भइरहेको अस्तव्यस्तता र अराजकताबाट भुर्णको रूपमा पैदा भएका दुर्गा प्रसाइ, आङकाजी, ज्ञानेन्द्र शाहा जस्ता प्रवृत्तिहरूले गर्ने भनिएका कथित आन्दोलनहरू केवल मुठीभर व्यक्ति र शक्तिहरू केन्द्रित आन्दोलन हुन सक्छन् भने अब नेकपा (एमालेले यस्ता सानातिना झुन्डहरूतिर नअल्मलीकन राजनीतिलाई अपराधीकरण गर्ने र अपराधलाई राजनीतिकरण गर्ने गठबन्धन सरकारको अपराधी अभियानका विरुद्ध जनतालाई परिवर्तनको महसुस हुने गरी सङ्घर्षमा होमिनु पर्छ । अन्यथा न्वारनदेखिको बल लगाएर एकातिर गठबन्धनको नाममा एमालेलाई सधैँको लागी सत्ता र शक्तिमा बन्ध्याकरण गर्ने ( निरन्तरतामा पछिल्लो चरणमा कोसी सत्ता प्रकरण), एमालेलाई सधैँ दूधको माखो फाले जसरी सधैँ सत्ता र शक्ति वाट निषेध गर्ने, जनता र राष्ट्रको पक्षमा प्रयोग हुनु पर्ने पुजी र शक्तिलाई आफू र आफ्ना निकट आसेपासेहरूको नाममा दुरुपयोग गर्ने , इतिहासमा कहिले पनि नबढेको चर्को महँगीले जनतालाई डाढ सेकाउने, ऋण तिर्न नसकेर दिन दिनै निहत्था जनताहरू आत्महत्याको घटनाहरू बढ्दै जानु, सहरका सटरहरू बन्द हुँदै व्यवसायीहरू पलाएन हुनु, केही हजार पैसा तिर्ने स्थिति नहुँदा हस्पिटलको छतबाट फाल हालेर बिरामीले आत्मदाह गर्नु,सरकार र राज्यनैं गुण्डा गर्दी र अपराधको नेतृत्व गर्ने काम निरन्तर भइरहेको स्थितिमा अब नेकपा एमालेले साना तिन भागबन्डामा अड्किने वा सरकार द्वारा आयोजित प्रशासनिक राजनैतिक प्रक्रियामा उपस्थित भएर तिनका गलत क्रियाकलापलाई वैधानिकता दिने वा उपस्थित जनाएर थप सरकारको अपराधीकरणमा सांक्षि बस्ने भन्दा पनि जनविरोधी हर्कतहरुले सीमा नाघी सकेको हुनाले राष्ट्रघाती गठबन्धनमा आबद्ध शक्तिहरू बाहेक सडकमा रहेका सम्पूर्ण शक्तिहरूलाई साथमा लिएर खुद्रा मसिना कार्यक्रमको लागी होइन कि देश कायापलट गर्ने म्याग्नाकार्टारुपी सुखी नेपाली र संबृद्ध नेपाल निर्माण गर्ने प्रक्रियामा अब एमालेले राज्यको नेतृत्व लिने निर्णायक सङ्घर्षमा अघि बढ्न विलम्ब गर्नु हुँदैन ।

सङ्घीयता र गणतन्त्रका खम्बाहरूलाई हवाला दिएर लुटतन्त्रको रूपमा सरकारले व्यवस्थाकै उपहास गरिरहेको छ । यस कारण सङ्घीयता र गणतन्त्र अरू कसैवाट खतरा छ भने गठबन्धन शक्ति वाटै खतरा छ । राज्यले जनताका पक्षमा सङ्घीयता र गणतन्त्रको डीङ हाकेपनि अहिले सम्म पनि न्युन्तम रूपमा गर्नु पर्ने सङ्घीय कानुन, साझेदारी र प्रहरी ऐन सम्म बनाउन नसक्नु लज्जास्पद कुरा हो । विभिन्न नाममा जातीय राज्यका नाम र धर्मका नाममा भएका बितण्डनाहरुलाई पस्रय दिने काममा लागेको कुरा सरकारमा नेतृत्व गर्ने व्यक्तिहरूको अभिव्यक्तिहरूलाई हेर¥यो भने काफी हुन्छ । कुल मिलाएर राज्य आर्थिक रूपमा कङ्गाल हुने दिशातिर अघि बढी रहेको छ । देश चरम अस्थिरताको बन्दी भएको छ, आर्थिक रूपमा टाट पल्टिएको छ, नागरिकको जीवनस्तर तीव्र गतिले खस्किएको छ ।

नेपाललाई शोमालीया वा बाल्कनको पूर्व राष्ट्र युगोस्लाभियाको अवस्थामा धकेलिँदै छ । हेक्का रहोस् श्रीलङ्कामा जनविद्रोहले राज्य सञ्चालकहरूलाई लखेट्यो अब फरक मोडेलमा नेपालमा शासकहरूको कार्यशैली हेर्दा लखेटिने पालो नजिकै आए जस्तो देखिँदै छ । यही मेसोमा केही दिन यता नयाँ लवजमा सुनिँदै छ गणतन्त्रका विरुद्ध सडक आन्दोलनमा आउने शक्तिहरूको विरुद्ध १२ बुद्धे पक्षधर शक्तिहरू एक भएर भिड्ने। राजधानी केन्द्रित यस्ता कार्यक्रमहरूमा एमालेका नेताहरू समेत सरकारसंग उठबस , खासखुस गरेको देखिन्छ । सैद्धान्तिक हिसाबले यो ठिकै पनि होला । तर १२ बुन्दे समझदारीवालाहरु मध्य एक पक्ष निरन्तर राज्यको तर काडी राख्ने र एमाले शक्ति लगायत अरू सम्पूर्ण पक्षलाई तेजोबोध गर्ने, जनतामाथि अन्याय अत्याचार थोपरी राख्ने,अरूको अस्तीत्व नामेट गर्ने आडम्बरी शैलीले कसरी एक ठाउँमा आउने स्थिति हुन सक्छ र अर्को गम्भीर प्रश्न के उत्पन्न हुन्छ भने कुनै मुठ्ठीभर शक्तिलाई लुट्नकै लागि १२ बुदेवालाहरु एक ठाउँमा आउनु पर्ने के बाध्यता छ र सँगसँगै गठबन्धन सरकार र प्रमुख दलहरूले आफ्नो रबैया सुधार नगर्ने हो भने र जनताको घाँटीमा कसिएको डोरो खुकुलो नहुने हो भने १२ बुदेवालाहरु मात्र एक ठाउँ हुने तर तिन करोड जनता अर्को ठाउँ हुने हुँदा अराजनैतिक तरिका वाट एकीकृत हुनुको कुनै गुन्जाइस छैन ?

यसैले जनताका समस्या एक पछि अर्को चुलिँदै जाने र देशलाईनैं मसानघाट बनाउने सरकारको पथमा ब्रेक नलाग्ने हो भने देशका शक्तिहरुमात्र होइन विश्वका शक्तिहरूले समेत गठबन्धन सरकारलाई काँध थापे पनि ढिलो छिटो ब्यबस्थानैं कोल्याप्स हुन वाट कसैले बचाउन सक्ने छैन । यसैले प्रमुख प्रतिपक्षमा रहेको नेकपा एमाले वा देशमा विद्यमान अन्य कुनै शक्तिको कारणले भन्दा पनि सरकारको नालायकी, असक्षमता र लाचारी पन र जनविरोधी काण्डहरूको श्रंखला निरन्तर चुलिँदै गएको कारणले नेकपा एमालेले सरकारका विरुद्धमा उत्रेका कुनै शक्तिका विरुद्ध द्धन्दमा उत्रनु भन्दा पनि ती सबै शक्तिलाई लिएर सरकारका विरुद्ध सङ्घर्ष केन्द्रित गर्न जरुरी छ । किनकि सरकारले नजानिँदो ढङ्गले देश लथालिङ्ग आफूले बनाउने तर विभिन्न नाममा उठ्ने सडक विद्रोहमा एमालेलाई भिडाउने प्रपञ्च निकै अगाडी देखी गर्दै आएको कुरा आभास नभएको होइन ।

यो कुरा बुझिएन भने नजानिँदो तरिकाले एमाले निस्कनै नसकिने द्वन्द्वतिर धकेलिन सक्छ । किनकि अन्याय, अस्तव्यस्तता र देशलाई बरबादीतिर धकेल्ने काम हिजो अस्ति मात्र सृजित नभई गठबन्धनको उपहारको रूपमा गुणात्मक हिसाबले विकास हुँदै आएको स्थिति हो । अब पनि पहलकदमी लिन विलम्ब भयो भने एमाले पार्टीको चाल समेत हाँसको चाल न बकुल्लाको चाल जस्तो हुन जानेछ र एमाले जस्तो राष्ट्रवादी जनप्रिय पार्टी समेत जनताको आक्रोशको निसाना बन्न सक्छ । किनकि देशमा हुने जति बितण्डना भैसकेका छन् र अब गर्न र हेर्न केही बाँकी छैन ।

यस्तो अवस्थामा एकातिर एमाले आफू निर्णायक सङ्घर्षमा पनि जान नसक्ने र अर्कोतिर आफूलाई सत्ता पक्ष जस्तो बुझेर सम्झेर सरकारका विरुद्ध संघर्षरत पक्ष सँग सरकारको सुरक्षा कबजको रूपमा एसल्टमा भिड्ने जस्तो गल्ती भुलेर पनि गर्नु हुँदैन । अब पनि हामीले देशमा भएका बितण्डना र ब्यथितीका विरुद्ध ठोस कार्यक्रम ल्याउन नसक्ने हो भने एमाले पार्टी प्रति समेत खरो रूपमा प्रश्नहरू तेर्सिने छन् । र यो भद्रगोल र अस्तव्यस्तताको फाइदा अरू कसैले उठाउने दृश्य नाङ्गो आँखाले देख्ने गरी सतहमा आइ सकेको छ । त्यसैले अरू धेरै कुरा गर्न नसकिए पनि कमसेकम तत्काललाई सरकारलाई बाध्य पार्ने गरी चर्को महँगी कम गर्ने, लुट, भ्रष्टाचार, कमिसनको विरुद्ध, गरिब र असहाय जनताको रोजीरोटी, औषधोपचारको पक्षमा र हरेक भ्रष्टाचार काण्डमा फायल खोल्ने नाममा गठबन्धन सम्बद्ध नेता र आसेपासेहरूलाई बचाउने जनविरोधी गठबन्धन सरकारको विरुद्ध निर्णायक म्याग्नाकार्टारुपी सङ्घर्षका कार्यक्रम घोषणा गर्न जरुरी छ । त्यस्तो सङ्घर्षपूर्ण आन्दोलनलाई सफलतामा पुर्‍याउन सम्पूर्ण पार्टी पङ्क्ति, राष्ट्रवादी र अग्रगामी शक्ति आ-आफ्नो ठाउँमा उच्च मनोबलका साथ होमिन जरुरी छ । अन्यथा आउँदा दिनहरूमा अरू खराब स्थिति बाट गर्जनु बाहेक अन्य कुनै विकल्प हामीसँग बाँकी रहने छैन ।

Next Post

जाजरकोट र रुकुमका २४ जना घाइतेहरु उपचारपछि घर फर्के

२३ कार्तिक २०८०, बिहीबार १३:२७
कल्पना हमाल, सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले कात्तिक १७ गते आएको भुकम्पले कसरी विपद व्यवस्थापन गर्ने भन्नेबारेमा पाठ सिकाएको बताएका छन । प्रदेश अस्पतालमा भुकम्पपीडितहरुकाे अवस्था बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले आगामी दिनमा प्राकृतिक बिपदकाे कसरी सामना गर्ने र स्वास्थ्य सेवालाई कसरी प्रभावकारी […]
July 2024
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
293031