जाजरकोट र रुकुमका २४ जना घाइतेहरु उपचारपछि घर फर्के

कल्पना हमाल २३ कार्तिक २०८०, बिहीबार २२:२४

कल्पना हमाल, सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले कात्तिक १७ गते आएको भुकम्पले कसरी विपद व्यवस्थापन गर्ने भन्नेबारेमा पाठ सिकाएको बताएका छन ।

प्रदेश अस्पतालमा भुकम्पपीडितहरुकाे अवस्था बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले आगामी दिनमा प्राकृतिक बिपदकाे कसरी सामना गर्ने र स्वास्थ्य सेवालाई कसरी प्रभावकारी बनाउने भन्नेबारे प्रदेश अस्पतालले छुट्टै योजना बनाउने बताए । ‘अहिले हामीले जाजरकोटमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टिम पठायाैं । आगामी दिनमा बिपदले प्रभावित गरेका गाउँमै टिम पठाउने गरि योजना बनाउने तयारीमा छौं ।’ उनले भने, ‘औषधि देखि अर्थोपेडिक सामानहरुको ब्यबस्थापन गरेको खण्डमा हामी यस्ता बिपदसङ्ग लड्न सक्छौँ भन्ने पाठ सिकेका छौं ।’

कात्तिक १७ गते राति जाजरकोटको रामिडाडा केन्द्रबिन्दु रहेको भुकम्पमापरी घाइते भएका २४ जना प्रदेश अस्पतालमा उपचार गरि घर फर्केका छन । १८ गते बिहानैदेखि प्रदेश अस्पतालमा घाइतेहरुलाई उद्वार गर्न सुरु गरेको थियो। अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार प्रदेश अस्पतालमा कुल ४५ जना बिरामी भर्ना भएका थिए । ती मध्ये एकजना मनोरोगी, अर्को एकजना न्युरो आइसियु भेन्टिलेटर, एकजना आइसियु र १९ जनाकाे वार्डमा उपचार भइरहेकाे छ। अस्पतालमा जाजरकोट जिल्ला भेरी नगरपालिकाका १३ जना, बारेकोटका ६ जना, नलगाडका एक जना, कुशेका दुई, जुनिचादेका एक र छेडागाडका दुई जना भर्ना गरिएको थियो ।

रुकुम पश्चिमको चौरजहारिका ६ जना, सानिभेरिका तीन जना, आठबिसकोटका १० जना र दैलेखको गुँरास गाउँपालिकाका एकजनालाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा २८ महिला र १७ पुरुष गरि ४५ जनाको उपचार गरिएको उनले बताए। उनका अनुसार हालसम्म पाँचजनाको शल्यक्रिया गरिएको बताए । हेलिकप्टर मार्फत उद्वार गरेर सुर्खेत बिमानस्थलमा ल्याइएका घाइतेहरुलाई अस्पतालसम्म ल्याउन प्रदेश अस्पतालका तीनओटा एम्बुलेन्स परिचालन गरिएको उनको भनाइ थियो । स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रबिन खड्काले भुकम्प गएको भोलिपल्ट प्रदेशबाट ९६ जनाको स्वास्थ्यकर्मी टोलिलाई उद्वार र उपचारको लागि खटाइएको बताए। यसैबीच, भुकम्पमा परेर घाइते भएकाहरुकाे रेखदेख र खानपिनकाे सहजीकरण युवा संघ सुर्खेतले गरेको जानकारी दिएको छ।

भुकम्पबाट घाइते भएकाहरुलाई गत कात्तिक १८ गते विहानैदेखि रेखदेख गरेकाे, उनीहरूलाई औंषधी खरिद, खानानास्ता, कपडाहरु ल्याईदिने लगायतका सबैखाले सहयोग पुर्याईरहेकाे राष्ट्रिय युवा संघ सुर्खेतका अध्यक्ष बासु आचार्यले जानकारी दिए। उनले घाइतेहरुकाे कुरुवा र परिवारहरुलाई अस्पतालसम्म लैजान र ल्याउन सहयोग गरेकाे, परिवारका सदस्यहरु गुमाउदाकाे पीडालाई उनीहरूसंगै बसेर न्यूनीकरण गर्ने गरेकाे अध्यक्ष आचार्यले जनाए। उनले राष्ट्रिय युवा संघका १२ जना सदस्यहरु पालाे मिलाएर दिन र रातमा खटिएकाे वताए।

Next Post

मखमलिको तिहार गितको म्युजिक भिडियो सार्वजनिक

२३ कार्तिक २०८०, बिहीबार २२:२४
सुर्खेत । नेपालीहरूको दोस्रो महान् चाड तिहार नजिकिँदै गर्दा गायिका एलिना चौहानको स्वरमा रहेको ‘मखमलीको तिहार ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बाबू दिल बिक्रम शाहीको शब्द रहेको छ भने संगित राजु सुनामले गरेका छन् । गितको म्युजिक एरेन्जरको पाटोमा राजु सुनामले नै गरेका छन् । रेकर्डिङ […]
October 2024
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031