एक हजार बढीकाे निःशुल्क स्वास्थ्य बीमा

खबरदृष्टि सम्वाददाता १४ माघ २०८०, आईतवार १४:४७

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले गरिब, बिपन्न दलित, अल्पसंख्यक, जनयुद्धका घाईते र सहिद परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । नगरपालिकाले बार्षिक कार्यक्रममा व्यवस्था गरेको निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम अनुसार बजेट व्यवस्था गरेर एक हजार २८४ घरपरिवारको निशुल्क स्वास्थ्य बीमा गरिदिएको हो ।

अति विपन्न र गरिबीको रेखामुनि रहेका नागरिकको स्वास्थ्य सेवामा पँहुच पुर्याउन स्वास्थ्य बीमा गरिएको नगर प्रमुख पुष्प बादीले जानकारी दिए । उनकाअन्ुसार नागरिकले सहज र सरल तरिकाले स्वास्थ्य सेवा पाउन भन्ने उद्देश्यले निशुल्क स्वासथ्य स्वास्थ्य बीमा कार्यक्रम ल्याईएको हो । यस कार्यक्रमबाट विपन्न परिवारको स्वास्थ्यको सुरक्षा हुने विश्वास गरिएको नगर प्रमुख बादीको भनाई छ ।

यस वर्ष गरिएको स्वास्थ्य बीमा फागुन १ गते देखि लागु हुने बताईन्छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालले निःशुल्क स्वास्थ्य बीमाको लागि नगरपालिकाले आर्थिक वर्ष ०८०र८१ को बजेटमा ४४ लाख ९४ हजार रुपियाँ बिनियोजन गरिएको थियो । सोहि रकमबाट आर्थिक अवस्था नाजुक भएका घरपरिवारको स्वास्थ्य बीमा गरिएको हो ।

यस कार्यक्रम अन्तर्गत एक परिवारको बढीमा पाँच जनाले तोकिएको अस्पतालमा एक लाख रुपियाँ सम्मको उपचार निशुल्क गर्न पाउँछन् । एक घरपरिवारको लागि लाग्ने तीन हजार पाँच सय रुपियाँ नगरपालिकाले व्यवस्था गरिदिएको छ । निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालले यस वर्ष यो कार्यक्रमबाट नगरभित्रका छ हजार बढी नागरिकले निशुल्क स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको बताए ।

नगरक्षेत्रमा रहेका गरिब, बिपन्न दलित, अल्पसंख्यक, जनयुद्धका घाईते र सहिद परिवारका व्यक्तिहरुले नगर सरकारले आफूहरुलाई यस कार्यले ठुलो राहत भएको बताएका छन् । कमजोर आर्थिक अवस्था भई आफ्नो रोगको उपचार गर्न नसकेकाहरुको लागि यस कार्यक्रमले उल्लेखनिय योगदान दिएको बताईन्छ ।

Next Post

कर्णाली सरकार भ्रष्टचार र कमिसनतन्त्रमा उदृत भयो : नेता कँडेल

१४ माघ २०८०, आईतवार १४:४७
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली प्रदेश सरकार भ्रष्टचार र कमिसनतन्त्रमा उदृत भएको आरोप लगाएका छन् । आइतवार पत्रकार सम्मेलनमार्फत नेता कँडेलले प्रदेश सरकार योजना निर्माणमा अपारदर्शिता, भ्रस्ट्राचार र कमिसनतन्त्रमा उद्दत भएको बताएका हुन् । ‘वास्तवमा यस्तो परिस्थितिको निर्माण हुनु आफैमा दुःखद छ र […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031