
जनकपुर–जयनगर चल्ने रेल शुक्रवार जनकपुरधाम स्टेसनमा आइपुगेको छ ।
नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो ।
रेललाई स्वागत गर्न रेल्वे कम्पनी लिमिटेड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभागको टोली जनकपुर आएको छ ।
रेल परीक्षणका क्रममा जनकपुर आइपुगेको हो ।
नेपाली रेल १ सय १० किलोमिटर प्रतिघण्टाको स्पीडमा कुद्ने छ ।
एकपटकमा करीब १३ सय यात्रु बोक्ने क्षमता रहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रबार