वीरेन्द्रनगरमा अवैध संरचना हटाउन नगर विकास समितिकाे अल्टिमेटम

खबरदृष्टि सम्वाददाता १९ माघ २०८०, शुक्रबार १०:३२

सुर्खेत । सुर्खेत उपत्यका नगर विकास समितिले सार्वजनिक जग्गामा पहुँचको भरमा बनाइएका संरचना हटाउन अन्तिम पटक चेतावनीसहितको सुचना निकालेको छ । बुधबार सुचना जारी गर्दै समितिले अबको ३५ दिनभित्र संरचनाहरु हटाउन अल्टिमेटम दिएको हाे ।

पटक पटक संरचना भत्काउन चेतावनी दिँदासमेत नभत्काएपछि नगर विकास समितिले आफै भत्काउने समेत चेतावनी दिएकाे छ ।  नगर विकास समितिको जग्गा वर्षौदेखि अवैध भोग चलन गर्दै आएका थिए। नगर विकास समितिसँग सस्तोमा भाँडा लिएर व्यवसायीहरूले संरचना बनाएर लाखौँ रकम भाँडा असुल्ने गरेका थिए ।

नगर विकास समिति आफ्नो जग्गा प्राप्तिको लागि कडा देखिएपछि व्यवसायीहरू फेरी पावरको खेलमा लागेका छन्। तोकिएको समयावधि भित्र पनि संरचना नभत्काई अटेर गरी बसेमा प्रचलित ऐन, कानुन, नियम र समितिको निर्णयअनुसार भत्काउन लाग्ने खर्च सम्बन्धित व्यक्ति तथा संस्थाबाट व्यहोर्ने गरी संरचना भत्काई जग्गा खाली गराउन समिति बाध्य हुने ब्यहोराको सूचना प्रकाशित गरिएको छ।

सुर्खेत नगर विकास समितिको पुस १८ गते बसेको बैठकको निर्णयअनुसार वीरेन्द्रनगर नगरपालिका– ६, गोदाम क्षेत्र, साल्ट ट्रेडिङ्गदेखी उत्तर एमाले पार्टी कार्यालयसम्म, पश्चिममा गंगामाला पाउरोटी उद्योगदेखी पूर्व उत्तर तर्फ घण्टाघरदेखि दक्षिण तर्फ मध्यपश्चिम विश्वविद्यालयदेखि पश्चिमतर्फका स्थानहरूमा रहेका सबै अस्थायी घर, टहरा, घुम्टी तथा अन्य संरचनाहरू हटाउने भएको हो।

समितिको जग्गामा सयौँ संरचना बनेका छन्। नगर विकासको सम्पत्ति संरक्षणका लागि लामो समयपछि यो पहल गरिएको हो। व्यवसायीले एउटा कामको लागि जग्गा लिएर अर्को व्यवसाय गरेर लाखौँ रकम कुम्ल्याउने गरेका छन्। पक्की संरचनासमेत बनाएर लाखौँ रकम भाँडा असुलिरहेको छ।

तर, नगर विकास समितिलाई भाँडा समेत दिएका छैनन्। सबै ब्यवसायीसंग नगर विकास समितिले गरेको सम्झौताको म्याद सकिएको वर्षाै भएपनि व्यवसायीहरू दादागिरी शैलीमा जग्गा छोड्न मानेका छैनन्।

Next Post

कर्णालीमा ट्राउट माछाको सम्भाव्यता खोजिने

१९ माघ २०८०, शुक्रबार १०:३२
सुर्खेत । पशुपन्छी विकास निर्देशनालय कर्णाली सुर्खेतको आयोजनामा मत्स्य विकास केन्द्र शमशेरगंज बाँकेमा ३ दिने मत्स्यपालन सम्वन्धी तालिम सम्पन्न भएको छ। केन्द्रका निमित्त प्रमुख एवम् समापन कार्यक्रमका प्रमुख अतिथि महेन्द्रप्रसाद यादवले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गरिदिन आग्रह गरे। तालिममा सिकेका कुरा समाजमा रहेका अन्य व्यक्तिलाई सिकाउन उनले अनुरोध गरे। […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031