सुर्खेत । एनआइसी एसिया लघु वित्त वित्तीय संस्था लिमिटेड कर्णाली प्रदेशले समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कर्णाली प्रदेश अन्तरगत छिन्चु उपप्रदेश कार्यालयको आयोजना र बाङ्गेसिमल शाखाको समन्वयमा संस्थाले शुक्रवार समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख नवराज सिंह, छिन्चु उपप्रदेश कार्यालयका प्रमुख नगेन्द्र प्रसाद धिताल, बाङ्गेसिमल शाखाका प्रमुख पवित्रा शाही र संस्थामा आबद्ध भएका ६५ जना सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी भएका सदस्यहरूमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गरिएको छिन्चु उपप्रदेश कार्यालयका प्रमुख धितालले जानकारी दिए ।
कार्यक्रमले विशेष गरेर समुदायमा भएका नागरिक र संस्थाका सदस्यहरूमा वित्तीय ज्ञान अभिवृद्धि गर्ने, कर्जा तथा बचतको बारेमा जानकारी, पछिल्लो समयमा भइरहेको समस्या र समाधानको विषयमा जानकारी दिइएको उनको भनाइ छ । वित्तीय सेवा र पहुँचको अवसरबाट वञ्चित रहेका दुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण र वित्तीय कारोबारबारे अनभिज्ञ भएका सदस्यहरूलाई केन्द्र विन्दुमा राख्नुपर्ने ठहरका साथ कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
आउँदा दिनहरूमा यो कार्यक्रम थप प्रभावकारी हुने संस्थाले अपेक्षा गरेको छ । प्रमुख धितालका अनुसार यस संस्थामा आबद्ध भए कर्जा तथा बचतको कारोबार गरेका भित्रका सदस्यहरूलाई उत्कृष्ट केन्द्र प्रमुख तथा उत्कृष्ट सदस्यहरूलाई सम्मानसहित प्रमाणपत्र समेत प्रदान गरिएको छ । कार्यक्रमको सञ्चालन सन्त बहादुर अधिकारीले गरेका थिए ।