२०८३ असोज १५ , बिहीबार

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का



सुर्खेत । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । बिहीबार बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दुभएर ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का आसपासका जिल्लामा समेतमहसुस गरिएको भूकम्प थियो ।

यसअघि गत कात्तिकमा  जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प जाँदाठुलो मानवीय क्षति भएको थियो । 

प्रकाशित मिति : २०८१ जेठ २४ गते बिहीबार