एमसीसीकाे विरोधमा संयुक्त जनआन्दोलन समितिकाे काेणसभा

खबर दृष्टि
खवरदृष्टि सम्वाददाता १३ फाल्गुन २०७८, शुक्रबार १९:१९

      संयुक्त जनआन्दोलन समिति सुर्खेतको आयोजनामा एमसीसीकाे बिराेधमा शुक्रबार सुर्खेतकाे वीरेन्द्रनगरकाे एरिचाेकमा कोणसभाकाे अायाेजना गरिएकाे छ।
कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा नेपाल कर्णाली प्रदेशका सचिव पूर्णबहादुर शाहीले जल, जंगल, जमिन, नदिनाला, खानी, जडिबुटी युरेनियम लगायतका साधनश्राेतहरु लुट्ने उद्देश्यले एमसीसी भित्र्याउने षड्यन्त्र भैरहेको भन्दै यसलाई खारेज गरिनुपर्नेमा जाेड दिए।
नेकपा माओवादी केन्द्र समाजवादीका कर्णाली प्रदेश इन्चार्ज धर्मराज बडुवालले एमसीसीलाई नेपालमा स्वायत्तता दिॅदै नेपालका एेन कानुन र संविधानलाई अधिनस्थ गर्ने कुचेष्टा भएकोले यसको खारेजीकाे माग गरे।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी सुर्खेत जिल्लाका अध्यक्ष यमनले भारतमा आए जसरी ईष्ट ईण्डिया कम्पनीले शासन गरेको थियो त्यो भन्दा खतरनाक तरिकाले याे परियोजना संचालन गरिन लागेको वताए।
नेकपा( क्रान्तिकारी माओवादी) का जिल्ला सदस्य विकल्पले संसारका धेरै ठाउॅमा सेना राखे जस्तै नेपाललाई पनि आइपिएसको अंग बनाउॅदै अमेरिकी सेना ल्याएर चीनलाई घेरा हाल्ने रणनीति वनाईएकोले एमसीसी खारेज हुनुपर्नेमा जाेड दिए।

Next Post

साढे ६ अर्वकाे लागतमा वीरेन्द्रनगरमा पानी ल्याउन विश्व वैकसंग सम्झौता

१३ फाल्गुन २०७८, शुक्रबार १९:१९
     सुर्खेतकाे वीरेन्द्रनगरमा खानेपानी आयोजनाका लागि साढे ६ अर्ब बजेटकाे सुनिश्चितता भएको छ । सुर्खेत उपत्यका खानेपानी संस्था र विश्व वैकवीच सुर्खेत उपत्यकामा खानेपानीको नयाँ परियोजनाका लागि सम्झौता भएको हाे। संस्थाका अध्यक्ष कुलमणि देवकोटा र विश्व बैंकका प्रतिनिधि बीच शुक्रबार भएको समझदारीपछि बजेट सुनिश्चित भै अायाेजना निर्माण हुने पक्का भएको […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031