१४ वर्षीय बालकले चलाए अन्धाधुन्ध गोली, दुई विद्यार्थीसहित चार जनाको मृत्यु

खबरदृष्टि सम्वाददाता २० भाद्र २०८१, बिहीबार ०८:४०

काठमाडौं । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा १४ वर्षीय बालकले गोली प्रहारगरी ४ जनाको हत्या गरेका छन् । विन्डरस्थित एक हाईस्कुलमा गएराति भएको गोलीकाण्डमा दुई विद्यार्थी र दुई जना शिक्षकको ज्यान गएको सीएनएनले जनाएको छ । मारिनेमा शिक्षक क्रिस्टिना इरिमी र रिचर्ड एस्पिनवाल र १४ वर्षीय विद्यार्थी मेसन शेर्मरहोर्न र क्रिस्चियन एन्जेलो रहेको समाचारमा उल्लेख छ ।

गोली लागेर ९ जना घाइते भएका छन् । उनीहरूलाई अस्पताल भर्ना गरिएको छ। स्कुलमा गोली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रे रहेको त्यहाँको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएको छ ।  उनले प्रयोग गरेको बन्दुक ‘एआर-प्लेटफर्म शैलीको हतियार’ भएको प्रहरीको भनाइ छ ।

कोल्ट ग्रेलाई हत्याको अभियोग लगाइने भएको छ । उसलाई वयस्कको रूपमा मुद्दा चलाइनेछ । विद्यालयमा करिब १९०० विद्यार्थी अध्ययनरत छन् । गोली चलेको खबर पाएर प्रहरी पुगेपछि आक्रमणकारी आत्मसमर्पण गरी भुइँमा पल्टेका थिए । पक्राउ परेका आक्रमणकारी सोही विद्यालयमा अध्ययन गर्ने विद्यार्थी हुन् ।

कोल्ट ग्रेको गतिविधिमा एफबीआईलाई पहिले नै शंका थियो र गत वर्ष मेमा उनको परिवारसँग सोधपुछ गरेको थियो । त्यसबेला उनले सामाजिक सञ्जालमा विद्यालयमा गोली हान्ने धम्की दिएका थिए तर त्यतिबेला उनी पक्राउ परेनन् ।

Next Post

बालेनसँग प्रधानमन्त्री ओलीले विवाद गरेको होइन : महासचिव पोखरेल

२० भाद्र २०८१, बिहीबार ०८:४०
सुर्खेत । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग सामाजिक सञ्जालमा भइरहेको बहसलाई प्रधानमन्त्रीसँग जोड्नु पर्ने कारण नभएको बताएका छन् । बिहीवार प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले कृतिम कुरा गरेर विवाद उचाल्ने काम सामाजिक सञ्जालमा भइरहेको बताउँदै पोखरेलले […]
October 2024
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031