सुर्खेतमा पनि सांकेतिक भाषा दिवस मनाइँदै

सोमबार वीरेन्द्रनगरमा र्‍याली निकालिने

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता ६ आश्विन २०८१, आईतवार ०८:५४

सुर्खेत । सुर्खेतमा पनि सांकेतिक भाषाहरूको दिवस मनाउन थालिएको छ। यही असोज ७ गते (सेप्टेम्बर २३) का दिन मनाइने अन्तर्राष्ट्रिय सांकेतिक भाषाहरूको दिवस सुर्खेतमा पनि मनाउन थालिएको हो। सुर्खेतमा भेरी बहिरा संघले र्‍याली निकालेर दिवस मनाउन लागेको हो।

र्‍यालीमार्फत् सुनाइसम्बन्धी समस्या भएका व्यक्तिहरूलाई भएको सञ्चारको समस्याबारे समाजलाई अवगत गराइने भेरी बहिरा संघका अध्यक्ष नम्रता भारतीले जानकारी दिइन्। यदि सांकेतिक भाषा जानेका दोभाषेकर्ता भएमा बहिरा व्यक्तिले पनि अरूसरह आफ्ना कुरा राख्न सक्छन् भन्ने दिवसलक्षित र्‍यालीमार्फत् देखाइने उनले बताइन्।

बहिरा व्यक्तिले केही गर्न सक्दैनन् भन्ने समाजको भ्रम हटाउनु आवश्यक रहेको अध्यक्ष भारतीले बताइन्। दिवसका अवसरमा सोमबार १० बजेदेखि वीरेन्द्रनगरमा र्‍याली निकालिने छ। उक्त र्‍यालीमा सुनाइसम्बन्धी अपांगता भएका व्यक्तिलगायत विविध अपांगता भएका व्यक्ति तथा सरोकारवालाहरू सहभागी हुनेछन्।

संयुक्त राष्ट्र संघ (युएन) ले सन् २०१७ मा सांकेतिक भाषाहरूको दिवस मनाउने निर्णय गरेको थियो। युएनको उक्त निर्णयपछि सन् २०१८ सेप्टेम्बर २३ को दिनलाई सांकेतिक भाषाहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो। सुनाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको पहिचान तथा सांकेतिक भाषाको महत्व, आवश्यकतालाई विश्वभर फैलाउन दिवसलाई महत्वपूर्ण मानिएको छ।

तथ्याङ्कअनुसार विश्वभर करिब ७ करोड मानिस सुनाइसम्बन्धी अपांगता भएका छन्। २०७८ को गनगणनाअनुसार नेपालमा ५१ हजार ३७३ नागरिकमा यस्तो खालको अपांगता छ। तथ्याङ्क विश्लेषणअनुसार नेपालमा ९ हजार ६५५ जनालाई सांकेतिक भाषा आवश्यक पर्दछ।

Next Post

सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा

६ आश्विन २०८१, आईतवार ०८:५४
काठमाडौँ । समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर प्रदेश तहमा सभा, सम्मेलन, जनाधिकार, सामाजिक विकासलगायत विषयमा प्रशिक्षण छिट्टै सञ्चालन गर्न लागेको मोर्चाका नेता प्रमेश हमालले जानकारी दिए। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता […]
May 2025
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031