कोहलपुर उद्योग वाणिज्य सङ्घ निर्वाचन : बढ्यो सरगर्मी, प्रचारप्रसार तीव्र

खबरदृष्टि सम्वाददाता २० आश्विन २०८१, आईतवार १७:५९

शिवानी विक, कोहलपुर । आगामी कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायी समूहको प्रचारप्रसारले तीव्र गति लिएको छ । समूहका उम्मेदवारहरूले विभिन्न वडामा पुगेर आफ्ना एजेन्डा प्रस्तुत गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् ।

समूहका अध्यक्ष पदका उम्मेदवार प्रदीप भट्टराइले कोहलपुर उद्योग वाणिज्य सङ्घलाई सबै व्यवसायीको साझा थलो बनाउने प्रतिबद्धता जनाएका छन् । “हामी सबै व्यवसायीको हितलाई ध्यानमा राखेर काम गर्नेछौँ ।’ उनले भने, ‘सङ्घलाई थप व्यवस्थित र पारदर्शी बनाउने हाम्रो मुख्य लक्ष्य हो ।’ समूहले व्यवसायीहरूका समस्या समाधान गर्न, पूर्वाधार विकासमा जोड दिनुका साथै कोहलपुरलाई व्यापारिक केन्द्र बनाउने विषयलाई प्राथमिकता दिने बताएका छन् ।

उम्मेदवारहरूले आफ्ना प्रतिस्पर्धीहरूको तुलनामा आफ्नो समूहले नै कोहलपुर उद्योग वाणिज्य सङ्घलाई नयाँ उचाइमा पु¥याउन सक्ने दाबी समेत गरेका छन् । कोहलपुर उद्योग वाणिज्य सङ्घको यस निर्वाचनमा विभिन्न समूहहरूबिच तीव्र प्रतिस्पर्धा देखिएको छ । प्रत्येक समूहले आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न विभिन्न किसिमका वाचा र प्रतिबद्धता गरिरहेका छन् । कोहलपुर उद्योग वाणिज्य सङ्घको निर्वाचनको नतिजाले कोहलपुरको व्यापारिक क्षेत्रमा ठुलो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

यसै गरी अध्यक्ष पदका उम्मेदवार प्रदीप भट्टराईको नेतृत्वमा चन्डी प्रसाद गैरे वरिष्ठ उपाध्यक्ष, हरिसरण केसी उद्योग उपाध्यक्ष, राकेश विष्ट वस्तुगत उपाध्यक्ष, दीपक बहादुर भण्डारी महासचिव, भूमिराज कँडेल कोषाध्यक्ष, र उपमहासचिवको रूपमा राजन कुमार पौडेल, सह–कोषाध्यक्ष देवीलाल सुनारले समावेशी प्यानलबाट चुनावी मैदानमा होमिएका छन् ।

लोकतान्त्रिक समावेशी प्यानलको सदस्यहरूमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, अशोक गौडेल, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, र गिरीधारी शर्मा, मान बहादुर बुढाथोकी, राजेन्द्र प्रसाद रिजाल एशोसियट सदस्य रहेका छन् । महिला सदस्यको रूपमा शीतल योगी अधिकारी र ममता थापा पनि मनोनयनमा समावेश भएकी छन् ।

Next Post

सहकारी ठगी प्रकरणमा रवि निर्दोष नै छन् : प्रचण्ड

२० आश्विन २०८१, आईतवार १७:५९
चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष नै रहेको बताएका छन् । आइतबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । सहकारी छानबिन प्रतिवेदनले नै लामिछानेलाई दोषी नदेखाएको उल्लेख गर्दै उनले भने, “उहाँ दोषी हुनुहुन्न […]
October 2024
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031