२०८३ असोज १८ , आइतबार

रविसँग ज्ञानेन्द्रको आग्रह– जुम्ली स्याउलाई बजार दिलाउन विदेशबाट आयात रोकिदिनुस् 



काठमाडौं ।  राप्रपा सांसद ज्ञानेन्द्र शाहीले रास्वपा सभापति रवि लामिछानेलाई पार्टी बैठकमा जुम्लाको स्याउ वितरण गरेकोमा धन्यवाद दिएका छन् ।शाहीले सरकार, कृषि मन्त्रालय र मन्त्री रास्वपाकै रहेको बताउँदै जुम्लाको स्याउ अहिले बजारमा रहेपनि किसानले उचित मूल्य नपाएको भनेका छन ।

सँगै जुम्लाको स्याउलाई बजार दिलाउन विदेशबाट आयात हुने स्याउ रोकिदिन पनि लामिछानेसँग शाहीले फेसबुकमार्फत आग्रह गरेका छन् ।

शाहीले सरकार, कृषि मन्त्रालय र मन्त्री रास्वपाकै रहेको बताउँदै जुम्लाको स्याउ अहिले बजारमा रहेपनि किसानले उचित मूल्य नपाएको भनेका छन् । उनले अगाडि लेखेका छन्, ‘त्यसैले मेरो आग्रह छ, जुम्लाको स्याउ बजारमा रहने समयसम्म विदेशबाट आउने स्याउ रोकिदिनुहोस् ।’

यति गरिदियो भने जुम्ली किसानले यो गुण कहिल्यै नबिर्सने शाहीले बताएका छन् ।

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतबार