सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख गुराँस गाउँपालिका वडा-४ बस्ने वर्ष २५ का चेतन शाही र गुराँस गाउँपालिका–३ बस्ने वर्ष २४ का पवन शाही रहेका छन् । उनीहरूलाई बुधवार दिउँसो १ बजेको समयमा वीरेन्द्रनगर–४ स्थित एक होटेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
पक्राउ परेका उनीहरूको शरीर खानतलासी गर्दा शुद्ध १ ग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी बरामद गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । हाल उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।