बजार गएकी श्रीमती भिखारीसँग भागिन्, प्रहरी कार्यालय पुगे श्रीमान

खबरदृष्टि सम्वाददाता २४ पुष २०८१, बुधबार १३:४१

काठमाडौं । चलचित्र र साहित्यमा एउटा चर्चित भनाइ छ, ‘प्रेम र युद्धमा सबथोक जायज हुन्छ ।’ प्रेमबारे अर्को भनाइ पनि छ- ‘प्रेम अन्धो हुन्छ ।’ अर्थात् मान्छे प्रेममा परेपछि केही हेर्दैन । उनीहरूलाई आफूले गरेका सबै काम जायज लाग्छन् ।

भारतमा एउटा यस्तै अनौठो प्रेमको घटना सार्वजनिक भएको छ । उत्तर प्रदेशको हरदोईस्थित हरपालपुरमा एक जनाले आफ्नो श्रीमती भिखारीसँग भागेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार राजु नाम गरेका ती पुरुषले आफ्नी श्रीमती नन्हे पण्डित नामका भिखारीसँग भागेको आरोप लगाएका हुन् ।

इन्डिया टुडेको रिपोर्टअनुसार राजुले भनेका छन्, ‘मेरो घरमा एउटा भिखारी सधैं आउँथ्यो । चामल र पैसा लिएर जान्थ्यो । अन्ततस् मेरो श्रीमती उसैसँग प्रेममा परिन् र पैसासमेत लिएर भागिन् ।’ राजुले भिखारीबाहेक आफ्नी श्रीमतीविरुद्ध पनि एफआईआर दर्ता गरेको बताए ।

३६ वर्षीया श्रीमती ६ सन्तानकी आमा भएको उनले प्रहरीलाई बताएका छन् ।​ राजुका अनुसार उनकी श्रीमती जनवरी ३ तारिखमा तरकारी र कपडा किने भन्दै बजार गएकी थिइन् । त्यसपछि उनी घर फर्किनन् । प्रहरी चौकीमा उजुरी दिने क्रममा राजुका सबै छोराछोरी पनि उपस्थित थिए ।

श्रीमतीले घरबाट पैसा लिएको उनको आरोप छ । श्रीमतीले पनि घरबाट डेढ लाख रुपैयाँ लिएर गएको उनले बताए । उनीहरूबीच २० वर्षअघि बिहे भएको थियो । हरपालपुर प्रहरीले पनि उजुरी आएको पुष्टि गरेको छ । प्रहरीले मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान र अभियुक्तहरूको खोजी भइरहेको जनाएको छ ।

Next Post

क्रिकेटर विपिन शर्मा सुर्खेतमा नगद पुरस्कारसहित सम्मानित

२४ पुष २०८१, बुधबार १३:४१
सुर्खेत । नेपाल प्रिमियम लिग (एनपीएल) मा उत्कृष्ट खेल प्रदर्शन गरेका क्रिकेटर विपिन शर्मा गृहजिल्ला सुर्खेतमा सम्मानित भएका छन् । एनपीएलमा कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्ने टिम कर्णाली याक्सलाई प्लेअफमा पुर्‍याउँदा विपिनले दिग्गज ब्याटरहरूलाई आफ्नो स्पिनको जादुमा नचाएका थिए । बुधबार सुर्खेत उद्योग वाणिज्य संघले शर्मालाई नगद पुरस्कारसहित सम्मान गरेको हो […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031