पदबहाली लगत्तै गृहमन्त्री अर्यालले गरे यी ३ निर्णय

खबर दृष्टि
खबरदृष्टि संवाददाता ३० भाद्र २०८२, सोमबार १४:५५

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । सिंहदरबारस्थित कार्यकक्षमा पदभार सम्हाल्दै गृहमन्त्री अर्यालले तीन महत्वपूर्ण निर्णय सार्वजनिक गरेका छन् ।

जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारी र सुरक्षाकर्मीको सम्मानस्वरूप राष्ट्रिय शोक मनाइने, राष्ट्रिय झन्डा आधा झुकाइने तथा प्रत्येक मृतकका परिवारलाई काजकिरियाका लागि एक लाख रुपैयाँ सहयोग उपलब्ध गराइने उनले घोषणा गरे।

त्यसका साथै, मृतकहरूको शव व्यवस्थापनका लागि निःशुल्क सवारीसाधन उपलब्ध गराइने र दुर्गम क्षेत्रमा आवश्यक परे हेलिकप्टरको व्यवस्था गर्ने निर्णयसमेत उनले गरेका छन्।

Next Post

मन्त्रिपरिषद्को पहिलो बैठक साढे ४ बजे

३० भाद्र २०८२, सोमबार १४:५५
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीन मन्त्री नियुक्त गरेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक आज बोलाएकी छन्। दिउँसो ४ बजे सिंहदरबारमा बैठक बस्ने तय भएको छ। त्यसअघि मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरूले बैठकका एजेन्डामा गृहकार्य गर्नेछन्। आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930