आज देशभर शोक बिदा, राष्ट्रिय झण्डा आधा झुकाइने

खबर दृष्टि
खबरदृष्टि संवाददाता १ आश्विन २०८२, बुधबार ०९:०१

काठमाडौं । सरकारले आज शोक बिदा दिएको छ । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले आज राष्ट्रिय शोक मनाउन देशभर बिदा दिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै बुधबार अर्थात् आज सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।

‘जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन मिति २०८२।०६।०१ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्)बाट मिति २०८२/०५/३० गते निर्णय भएको ब्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।

जेन–जीको आन्दोलनमा ज्यान गुमाएकाहरूको हिजो शवयात्रासहित अन्त्येष्टि गरिएको थियो । शिक्षण अस्पताल महाराजगञ्जबाट १० जनाको सामूहिक शवयात्रा निकालिएको थियो ।

Next Post

कक्षा १२ को रोकिएको परीक्षा असोज ७ र ८ गते हुने

१ आश्विन २०८२, बुधबार ०९:०१
काठमाडौँ । कक्षा १२ को स्थगित मौका (पूरक) परीक्षा आउँदाे असोज ७ गते मङ्गलवार र ८ गते बुधवार हुने भएको छ । मौका परीक्षाको नयाँ तालिका आज सार्वजनिक गरिएको छ । यसअघि गएको भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेन–जी आन्दोलनका कारण स्थगित गरिएको थियो । राष्ट्रिय […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031