नेकपा एमाले १० नम्बर वडाको विस्तारित बैठक सम्पन्न

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २ आश्विन २०८२, बिहीबार २१:१४

सुर्खेत । नेकपा एमाले वीरेन्द्रनगर नगरपालिका–१० वडा कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । बैठक नेकपा एमाले वडा कमिटी अध्यक्ष निरक ओलीको अध्यक्षतामा भएको हो। कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल प्रमुख आतिथ्यतामा उपस्थित रहेका थिए। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मा जेन-जी पुस्ताहरु जनताको मन जितेर नभई आफ्नै उग्ररूपमा अगाडि बढेको बताए।

उनले आज सरकारी कार्यालयदेखि आफूहरु बस्ने निजी निवाससमेतलाई निसाना बनाएर ध्वस्त बनाएको बताए। उनले एमाले नै जनताको आशा र भरोसाको पार्टी भएको उल्लेख गर्दै पार्टी संगठनलाई अझ सशक्त बनाउन सबै तहका कार्यकर्ताहरू एकताबद्ध भएर लाग्नुपर्ने बताए। उनले भने, ‘हामीले संगठनलाई मजबुत पार्दै जनतासँगको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्छ, तब मात्र कर्णालीको समृद्धि र विकास सम्भव हुन्छ।’

सो अवसरमा प्रदेश कमिटीका नेता अमृत कुमार विसी, पार्वती पाण्डेको चालिसे, लक्ष्मी शाहीलगायतका नेताहरू तथा जनप्रतिनिधिहरूको विशेष आतिथ्यता रहेको थियो। बैठकमा पार्टीको वर्तमान राजनीतिक अवस्था, संगठन सुदृढीकरण र आगामी योजनाबारे छलफल गरिएको आयोजकहरूले जनाएका छन्।

Next Post

मुख्यमन्त्री कँडेलले भने – जननिर्वाचित सरकार भत्काएर असंवैधानिक सरकार निर्माण गरियो

२ आश्विन २०८२, बिहीबार २१:१४
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हालको सरकार संविधानविपरीत बनेको आरोप लगाएका छन् । शुक्रबार संविधान तथा राष्ट्रिय दिवसको मुल समारोहलाई सम्बोधन गर्दै उनले जननिर्वाचित सरकारलाई भत्काएर असंवैधानिक सरकार निर्माण गरिएको दाबी गरे । उनले जेन–जीका नामबाट सत्तामा पुगेकाहरुलाई जुन संविधानलाई टेकेर सत्तामा पुग्नुभएको छ त्यही संविधान अनुरुप चल्न […]
September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930