डुङ्गेश्वरका वरिष्ठ लेखा अधिकृत एक लाख घुससहित वीरेन्द्रनगरबाट पक्राउ

खबर दृष्टि
खबरदृष्टि संवाददाता ३ आश्विन २०८२, शुक्रबार ११:२०

 

सुर्खेत । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौँ) टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगाल कार्यालय र आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले उनलाई बिहीवार राति सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढी चोकबाट नियन्त्रणमा लिएको हो ।

कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अनुसन्धान शुरु गरिएको थियो । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता एवम् सूचना अधिकारी गणेश बहादुर अधिकारीले खबरदृष्टिलाई जानकारी दिए । पक्राउ परेका कार्कीबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930