सुर्खेतका सामाजिक अभियान्ता अनिल ढकालले सूर्य चिन्हमा मतदान गरेका थिए

खबर दृष्टि १८ कार्तिक २०७९, शुक्रबार २१:२६

राजनैतिक जीवनको मेरो कथा भाग १भन्ने स्टाटस लेख्दै सुर्खेतका सामाजिक अभियान्ता अनिल ढकालले समानुपातिकतर्फको एक भोट एमालेलाई गएकाे वताएका छन्। उनले २०७४ सालमा समानुपातिक तर्फको एक भोट ‘सुर्य’मा गएकाे प्रष्ट पारेका हुन्।

गत स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगरको उपमेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका ढकाल विवेकशील साझा पार्टीका नेता थिए। विवेकशील पार्टी विघटनतर्फ मोडिएपछि उक्त पार्टीमा निष्कृय रहेका उनी कोभिड १९ का समयमा विचल्लीमा परेका नागरिकहरुको उद्धारमा खटिएका थिए।

उनले शुक्रबार सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटसमा आफ्नो व्यक्तिगत मुल्य–मान्यता प्रजातान्त्रिक रहेको प्रष्ट पारेका छन्। राजनैतिक हिसाबले २०७४ अघि नेपाली कांग्रेसलाई मात्र भोट दिएको र गगन थापाको परिभाषा सापट लिने हो भने बच्चा अवस्थादेखि नै भोट के मा ‘रुखमा’ ‘‘नेपाली कांग्रेस जिन्दावाद’ भनेर कलिलो मस्तिष्कमा छाप परेको ‘कालो कांग्रेस’ रहेको भन्दै आफैलाई ब्यङ्ग्य गरेका छन।

उनले २०७४ को आम निर्वाचनमा केपि ओलिले नेपालका बामपंथी पार्टीहरुलाई एक गर्दै। स्थायी सरकार बनाएर समृद्ध नेपालको सपना साकार पार्न हामी नेतृत्व गर्छौं भन्दै गर्दा देश बिकासको सपना देखेर खुशी हुने करोडौं नेपाली मध्य आफुपनि पनि भएको उल्लेख गरेका छन्। (सच्चाईएकाे)

Next Post

प्रचण्ड कर्णालीमा: पाँच नेतालाई मन्त्रीकाे आश्वासन

१८ कार्तिक २०७९, शुक्रबार २१:२६
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकाे माहोल बनाउन देश दौडाहामा निस्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका तीन जिल्लाका पाँच उम्मेदवारलाई मन्त्री बनाउने आश्वाशन दिएर गएका छन् । सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेश सभामा टिकट वितरणको विषयलाई लिएर आन्तरिक विवाद भएपछि बागी उम्मेदवार […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031