आफ्नै पुरानो भाषण सुने भने ज्योतिषी जस्तो लाग्छ : प्रचण्ड

खबर दृष्टि
खबरदृष्टि संवाददाता २४ आश्विन २०८२, शुक्रबार १४:४१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई कहिलेकाहीँ ज्योतिषीजस्तो लाग्ने बताएका छन्। प्रेस सेन्टरले शुक्रबार आयोजना गरेको ‘सम्पादकसँगको छलफल’ कार्यक्रममा प्रचण्डले आफूले विगतमा भनेका कुरा क्रमशः पूरा भइरहेकाले यस्तो महसुस हुने बताएका हुन्।

‘तीन पार्टीका तीन नेता उस्तै हुन् भन्ने न्यारेटिभमा हाम्रो चित्त दुखेको छ,’ उनले भने, ‘मलाई आफ्नै पुरानो भाषण सुनेँ भने ज्योतिषीले बोले जस्तो लाग्छ— जे भन्यो, त्यही भएको छ।’ अध्यक्ष प्रचण्डले बेलाबेला ठूलो विद्रोह हुने बताउँदै आएका थिए। जनताको असन्तुष्टि चुलिएकाले जनताले नागरिकले सिंहदरबार, बालुवाटार घेर्ने बताउने गरेका थिए।

प्रचण्डको यही भनाइ टिपेर केही दिनअघि ओलीले पनि टिप्पणी गरेका थिए। अध्यक्ष ओलीले बिहीबार मात्रै जेनजी अघि सारेर माअ‍ोवादी केन्द्र, रास्वपा, राप्रपा लगायत दल आन्दोलनको पछाडि बसेकोसमेत आरोप लगाएका थिए। अध्यक्ष प्रचण्डले जेनजीको मागमा आफूहरूको समर्थन रहेको पनि बताए। जेन–जी विद्रोहलाई सम्मान नगर्ने हो भने मुलुक पछाडि पर्ने उनको भनाइ थियो।

‘नैतिक र राजनीतिक दृष्टिले हामी त्यसको सम्मान गर्छौं। यसलाई सम्बोधन गर्न सकिएन भने हामी पछाडि पर्छौं,’ उनले भने। उनले अहिलेको आवश्यकता फागुन २१ गते तोकिएको निर्वाचन सफल गराउनु नै रहेको उनको भनाइ थियो। ‘जेनजीले मागकै कारण नेतृत्व छोडेर महाधिवेशनमा जान लागेको हुँ। म निवृत्त जीवन बिताउन्न। तर म पार्टी प्रमुख भइरहनु पर्छ भन्ने छैन। पुरानो नेतृत्वले अब बिनाभूमिकामा काम गर्नेछ,’ उनले भने।

Next Post

सशस्त्रका प्रहरी निरीक्षक ढकालसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२४ आश्विन २०८२, शुक्रबार १४:४१
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका प्रहरी निरीक्षक हरिचन्द्र ढकालसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । रुपन्देहीस्थित बोर्डर आउट पोस्ट (बीओपी) मझगाँवाका कार्यालय प्रमुख समेत रहेका सशस्त्र प्रहरी निरीक्षक ढकालसहित २ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता […]
October 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031