२०८२ मंसिर २० , शनिबार

६७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय युवक पक्राउ



बर्दिया । बर्दियामा ६७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३२ वर्षीय युवक पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका-७ सिउनिया बस्ने ३२ वर्षीय प्रशान्त कार्कीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

प्रशान्तले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०८२ मंसिर १८ गते बिहीबार