बागीनाले ‘ओभरटेक’ गर्दा आयोजक संस्था विवादमाः वीरेन्द्रनगरमा लघु घरेलुु महोत्सव सुरु

खबर दृष्टि
खबरदृष्टि संवाददाता २० माघ २०७९, शुक्रबार २२:३१

सुर्खेतको वीरेन्द्रनगरमा दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा नविनतम् प्रविधि प्रदर्शनीको उद्घाटन गरेका छन् । कर्णाली प्रदेशका लघु घरेलु तथा साना उद्योगको बजार प्रवद्र्धन एवं रोजगारी सृजना गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले शुक्रबार आयोजना गरेको मेलाको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कृषि तथा वन पैदावरमा आधारित मझौला उद्योगहरुलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर विकास गर्ने बताए ।

उनले उद्योगको विकाससँगै रोजगारी र स्वरोजगार बनाउने प्रदेश सरकारको लक्ष्यलाई साथ दिन उद्योगी व्यवसायीहरुसँग आग्रह गरे । औद्योगिक विकासका लागि विद्युतीकरणलाई तीव्र बनाउने र भुरीगाउँ हुँदै कर्णाली करिडोर र भेरी करिडोरलाई मुख्य प्राथमिकतामा राखेर अन्य केही स्थानमा भूमिगत सडकहरुको विकास गर्ने लक्ष्य राखिएको खुलासा गरे ।

नौ दिनसम्म संचालन हुने मेलामा साढे ३ सय स्टलहरु राखिएका छन । लघु घरेलु तथा साना उद्यमीहरुले तयार गरेका गलैंचा, राडीपाखी, पश्मिनाका वस्तुहरु, ऊनी, लिउ, फेरुवा, अल्लो तथा गाँजाबाट बनेका कपडाहरु, ढाका, पोते, काठ, ढुङ्गा, धातु कला, सेरामिक्स, भाँडाकुँडाहरु, बास र बेतबाँसबाट तयार गरिएका वस्तुहरुको प्रदर्शनीका मुख्य आकर्षण रहेका छन् ।

पाँच लाख दर्शकहरुले मेलाको अवलोकन गर्ने र मेला तथा प्रदर्शनीबाट करिब ४ करोड रुपैयाँ बराबरको कारोवार हुने आयोजकले लक्ष्य राखेको छ । राष्ट्रिय तथा स्थानीय कला संस्कृतिको प्रदर्शन गरिने मेला माघ २८ गतेसम्म सञ्चालन हुने मेला आयोजक समितिका संयोजक चन्द्रबहादुर विसीले जानकारी दिए ।

यसैबीच, मेला संचालकले कुनैपनि समन्वय नगरी एकलौटी रुपमा आयोजना गरेको आरोप लगाउँदै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले महोत्सवलाई सहयोग नगर्ने र संस्थामा आबद्ध कलाकारहरुलाई महोत्सवमा सहभागी नहुन उर्दी जारी गरेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कर्णाली प्रदेश समितिले शुक्रबार नै एक विज्ञप्ती जारी गर्दै त्यस संस्थासँग आवद्द रहेका कलाकार उक्त महोत्सवमा सहभागी नहुने जनाएको छ ।

प्रतिष्ठानका प्रदेश अध्यक्ष हरिमाया कार्कीले आफ्नो संस्थाको अस्थित्वमा चोट पुर्याउदै अपमान गर्ने आसयबाट आयोजक संस्था अघि बढेको पाईएकाले प्रतिष्ठानसँग आवद्द रहेका कलाकार र प्रतिष्ठानसँग आवद्द नभएका कलाकारहरुलाई उक्त महोत्सवमा सहभागी नहुन आग्रह गरेको हो ।

यसैगरी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुर्खेतका अध्यक्ष चन्द्रबहादुर मन्दिरले प्रतिष्ठानसँग आवद्ध रहेका कुनैपनि कलाकार यस महोत्सवमा सहभागी नहुने दावी गरे । उनले आयोजकले महोत्सवको जिम्मा प्रतिष्ठानलाई दिने करीब दुई तीन हप्ता अगाडि नै निश्चित भएकोमा अन्तिम समयमा आएर अरुलाई जिम्मा दिएको वताए ।

महोत्सवको सांस्कृतिक पाटो राष्ट्रिय नेटवर्क भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई दिने आयोजकको तयारी भएपनि अन्तिम समयमा वागीना समूहका पूर्व अध्यक्ष गोविन्दबहादुर कोईरालाको खेलका कारण बागीना समूहलाई सांस्कृतिक पाटोको जिम्मेवारी दिन आयोजक तयार भएका थिए । कोईरालाकै कारण महोत्सब भाडिने अवस्थामा पुगेको आयोजक कमिटीमा रहेका एक व्यक्तिले जानकारी दिए ।

श्रोतका अनुसार कोईरालाले प्रतिष्ठानले कबोल गरेको रकम भन्दा कम रकममा सांस्कृतिक कार्यक्रमको जिम्मेवारी लिन प्रस्ताव गरेपछि आयोजकहरु लोभिएका थिए । शुक्रबार बिहानसम्म पनि लोक दोहोरीलाई जिम्मेवारी दिन छलफल जारी राखेपनि शुक्रबार ८ बजेतिर बागीनासंग आयोजकले सम्झौता गरेको थियो ।

लोक दोहोरीले महोत्सबको सांस्कृतिक पाटो हेर्न ५ लाखमा सम्झौता गर्ने तय भएको थाहा पाउने वित्तीकै बागीनाका पूर्व अध्यक्ष कोईरालाले आयोजकसंग ४ लाखमै सम्झौता गर्न तयार रहेको जानकारी दिएका थिए । कम रकम बोलकबोल गर्ने संस्थासंग आयोजक अन्तिम समयमा तयार भएपछि विवाद उत्कर्षमा पुगेको छ ।

Next Post

September 2025
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930