२०८३ वैशाख २६ , शनिबार

रोयल इनफिल्डको हन्टर ३५० वीरेन्द्रनगरमा पनि सार्वजनिक



सुर्खेत । रोयल इनफिल्डको हन्टर ३५० नयाँ रङ्ग, फिचर र शैली सहित कर्णाली प्रदेशको राजधानी सुर्खेतमा समेत सार्वजनिक भएको छ। गत मंसिर २२ गते नेपाली बजारमा सार्वजनिक भएको मिड- साइज मोटरसाइकल समूह (२५०-७५० सीसी) मा विश्वकै अग्रणी ब्रान्ड रोयल इनफिल्डले आफ्नो लोकप्रिय स्ट्रिट रोड्स्टर मोडेल हन्टर ३५० को नयाँ संस्करण सुर्खेतको वीरेन्द्रनगरमा समेत सार्वजनिक गरिएको हो ।

विश्वका प्रख्यात सहरका ‘कुल’ जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन तथा सहज एर्गोनोमिक डिजाइन सहितको यस बिएस भीआई नयाँ हन्टर ३५० (२०२५ एडिसन) नव इन्टरप्राइजेजले बुधबार सुर्खेतमा प्रस्तुत सार्वजनिक गरेको वीरेन्द्रनगर स्थित रोयल इनफिल्डका प्रमुख कमर्सियल विक्रेता उत्सव भण्डारीले जानकारी दिए। नयाँ हन्टर ३५० मा रियो व्हाइट , Tokyo Black, London Red र Graphite Grey गरी चार ‘स्ट्रीट-इन्स्पायर्ड’ रङ उपलब्ध छन्। इन्टरप्राइजेजका अनुसार यीमध्ये तीन रङ विश्वका सांस्कृतिक पहिचान सम्बन्धी प्रतीकहरूबाट सिर्जित अवधारणामा आधारित छन् ।

रियोका सेता तट, London का राताका ‘ब्रिक लेन’ र टोकियोका रातो-कालो शहरी सडकका Graphite Grey ले मोटरसाइकललाई ‘स्टेल्थ’ लुक र दमदार उपस्थिति प्रदान गर्ने जानकारी दिएको छ। यस संस्करणमा Slip Assist Clutch जडान गरिएको छ, जुन कम्पनीको ३५० -सिसी मोडेलमा पहिलोपटक प्रयोग भएको सुविधा हो। साथै, परिमार्जित पछाडिको सस्पेन्सन, बढेर १६० एमएम ग्राउण्ड क्लियरेन्स, सुधारिएको सीट, Dual Channel ABS, LED हेडलैम्प तथा एर्गोनोमिक डिजाइनले समग्र सवारी अनुभव सहज बनाउने र ट्रिप नेभिगेटर अप्सनको रुपमा थप गरिएको छ।

हन्टर ३५० मा प्रयोग गरिएको 349 cc J-series इन्जिन ले शहरी सडकको दैनिकीमा चुस्ती र सहजता प्रदान गर्ने दाबी गरिएको छ। सन् २०२२ मा पहिलोपटक बजारमा आएको यो मोडेलले हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडर जोडिसकेको कम्पनीले जनाएको छ। नयाँ Hunter 350 को नेपाली बजार मूल्य Single Tone: Rio White, Dapper Grey र Graphite Grey रु ४,९४,९००, Dual Tone: Tokyo Black, London Red र Rebel Blue – रु ४,९९,९०० पर्ने र सुर्खेतमा सोही मूल्यमा बिक्री गरिने प्राइजेजका प्रोप्राइटर भण्डारीले जानकारी दिए।

प्रकाशित मिति : २०८२ मंसिर २४ गते बुधबार