२०८३ वैशाख २६ , शनिबार

सुकिदह जंगलमा पुरुषको शव फेला



रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित सुकिदह जंगलमा एक पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार शव पहिचान नहुने गरी क्षतिग्रस्त अवस्थामा भेटिएको हो ।

उक्त शव सल्यानको बागचौर नगरपालिका–४ का ३५ वर्षीय टेकबहादुर ओलीको रहेको आफन्तजनले पुष्टि गरेका छन् । उनी कात्तिक १४ गतेदेखि बेपत्ता रहेका थिए । आफन्तले पहिरनका आधारमा शव पहिचान गरेको प्रहरीको भनाइ छ ।

प्रहरी निरीक्षक पुनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी शवलाई जिल्ला अस्पताल सल्लेमा राखिएको छ । मृत्युको कारणबारे अहिले स्पष्ट हुन नसकेको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर २५ गते बिहीबार