२०८३ वैशाख २६ , शनिबार

सुर्खेत पुगेर डिपी अर्यालले भने- एजेन्डा मिल्ने शक्तिहरुसँग एकता गर्ने विषयमा छलफलमा छौ



सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबहाक सभापति डिपी अर्यालले रवि लामिछानेकाे विषयमा वर्तमान सरकारकाे धारणा मागिरहेकाे बताएका छन् । शुक्रबार रास्वपा कर्णाली प्रदेशद्वारा आयाेजित राजनीतिक प्रशिक्षणमा सहभागी हुन सुर्खेत पुगेका अर्यालले पत्रकारहरुसँग कुरा गर्दै तत्कालीन सरकारले प्रतिशाेध साधेर थुनामा राखिएका आफ्ना सभापतिकाे मुद्दामा सरकारकाे धारणा बुझ्ने काम जारी रहेकाे बताए ।

सहकारीबाट गाेर्खा मिडियामा गएकाे रकम अपचलनकाे मुद्दामा कारागार रहेका लामिछानेमाथि भइरहेको प्रतिशाेध अहिलेकाे सरकारले बुझ्ने अपेक्षा गरेकाे उनको भनाई छ।उनले भने, ‘हिजाे पेशी स्थगित भएकाे छ । हाम्राे कानुनी समूहले काम गरिरहेकाे छ । तत्कालीन सरकारले प्रतिशाेध गर्याे । अहिलेकाे सरकारकाे वास्तविक धारणा के हाे ?, ४० लाख नागरिकले हस्ताक्षर गरेकाे विषयमा नागरिक सरकारले कसरी लिएकाे छ भन्ने विषयमा बुझ्ने काम भइरहेकाे छ ।’

कावा सभापति अर्यालले लामछानेको मुद्दाको विषयमा न्यायलयप्रति विश्वास भएको बताए। साथै चुनाव अघि मुद्दा र एजेन्डा मिल्ने शक्तिहरुसँग एकता गर्ने विषयमा कार्यदलले काम गरिरहेकाे दावी गरे ।

प्रकाशित मिति : २०८२ मंसिर २६ गते शुक्रबार