२०८३ वैशाख ३ , बिहीबार

एमाले महाधिवेशन : को–को भए सर्वसम्मत निर्वाचित (सूचीसहित)



काठमाडाैँ । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । मतदान प्रक्रियाअन्तर्गत पार्टीको निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । जसमा केही उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् । सर्वसम्मत निर्वाचित हुनेमा अखिलका पूर्वमहासचिव नरेश रोकायादेखि महासचिवका उम्मेदवार शंकर पोखरेलकी बहिनी मेनकाकुमारी पोखरेलसम्म रहेका छन् ।

यी हुन सर्वसम्मत निर्वाचित हुनेहरू:

१) नरेश रोकाया (४० वर्षमुनिका युवा, खुलातर्फबाट)

२) लिलामणि गौतम (४० वर्षमुनिका युवा, लुम्बिनीबाट)

३) गुमादेवी आचार्य (गोामा) (लुम्बिनी, महिलाबाट)

४) मेनकाकुमारी पोखरेल (लुम्बिनी, महिलाबाट)

५) शान्त्रीदेवी ढकाल (लुम्बिनी, महिलाबाट)

६) अमरकुमार यादव (४० वर्षमुनिका युवा, मधेशबाट)

७) रौनित शाह (४० वर्षमुनिका युवा, मधेशबाट)

८) खाजिदा खातुन सिद्धकी (मुस्लिम महिलाबाट)

९) कमलादेवी तामाङ (श्रमिक महिलाबाट)

१०) सीता लामा  (श्रमिक महिलाबाट)

११) वदमी क्वारी बुढा (बोहरा) (पिछडिएको क्षेत्र महिलाबाट)

१२) हरिप्रसाद घिमिरे (प्रवास दक्षिण एसियाबाट)

१३) सुशीलकुमार थापा (४० वर्षमुनिका युवा, खुलातर्फबाट)

केन्द्रीय अनुशासन आयोगमा सर्वसम्मत निर्वाचित

१४) प्रा. डा. भरतरात पहारी (अध्यक्षमा)

१५) चक्रबहादुर पराजुली (उपाध्यक्षमा)

१६) डा. राजेन्द्र घिमिरे (सचिव)

केन्द्रीय लेखा आयोगमा सर्वसम्मत निर्वाचित

१७) डा. पुष्पराज कँडेल (अध्यक्षमा)

१८) धनेन्द्रराज घिमिरे (उपाध्यक्ष)

१९) ईश्वरीप्रसाद खरेल (सचिवमा)

प्रकाशित मिति : २०८२ पुस १ गते मंगलबार