
सुर्खेत । चौकुने गाउँपालिका–४ झालास्थित कर्णाली नदीबाट बिना अनुमति बालुवा उत्खनन गरी ट्र्याक्टरमा लोड गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले एक ट्र्याक्टर नियन्त्रणमा लिएको छ।प्रहरी चौकी बिजौराबाट प्रहरी सहायक निरीक्षक डिल बहादुर बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले अवैध रूपमा बालुवा ओसारिँदै गरेको ट्र्याक्टर फेला पारी बालुवासहित नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएको ट्र्याक्टर आवश्यक कारबाहीका लागि चौकुने गाउँपालिकामा बुझाइएको प्रहरीले जनाएको छ। गाउँपालिकाबाट अनुमति नलिई बालुवा उत्खनन तथा ओसारपसार गरेको पाइएपछि सम्बन्धित व्यक्तिलाई रू. ५ हजार रुपैयाँ जरिवाना समेत गरिएको छ।
प्रकाशित मिति : २०८२ पुस १८ गते शुक्रबार