
सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा (एमाले) सुर्खेत क्षेत्र नम्बर-१ बाट धुर्व कुमार शाही सर्वसम्मत सिफारिस भएका छन् । शनिवार निर्वाचन क्षेत्र नम्बर १ को समन्वय समितिको पूर्ण बैठकले एमालेका नेता एवं २०७४ सालमा यही क्षेत्रबाट निर्वाचित शाहीलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको हो।
शाही २०७४ मा नेकपा एमाले र तत्कालिन नेकपा माओवादीको गठबन्धनबाट उम्मेदवार भई नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई पराजित गरेका थिए। यस्तै २०७९ सालमा भएको निर्वाचनमा भने उनी खड्कासँग पराजित भएका थिए।
प्रकाशित मिति : २०८२ पुस १९ गते शनिबार