२०८२ माघ ७ , बुधबार
प्रतिनिधि सभा निर्वाचन

जाजरकोटबाट एमालेले गर्‍यो यी पाँच जनाको नाम सिफारिस




सुर्खेत।
नेकपा (एमाले) जिल्ला कमिटी जाजरकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस गरेको छ। आइतबार बसेको जिल्ला कमिटीको आठौँ बैठकले पुरुषतर्फ निरज आचार्य, डम्बरबहादुर सिंह, नारायण घर्ती र गणेश थापाको नाम सिफारिस गरेको हो ।

यस्तै महिलातर्फ कौशिला खत्रीलाई सिफारिस गरिएको एमाले जाजरकोटले जनाएको छ। सिफारिसमध्ये निरज आचार्य २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवार बनेका थिए। एमाले केन्द्रले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिए पनि जिल्ला कमिटीभित्र सहमति जुट्न नसकेपछि चार जनाको नाम केन्द्रमा पठाइएको जनाइएको छ।

प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार