२०८३ वैशाख ३ , बिहीबार

एमाले उम्मेदवारमा महेश बस्नेत र गोकुल बास्कोटा एकल सिफारिस




काठमाडाैँ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेले सचिव महेश बस्नेतको नाम एकल सिफारिस गरेको छ। बस्नेत २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए भने २०७९ को निर्वाचनमा भने उनी कांग्रेस(माओवादी गठबन्धनसँग पराजित भएका थिए।

जेनजी आन्दोलनका बेला राजनीतिक मैदानमा उत्रिएर प्रतिवाद गरेका बस्नेत एघारौँ महाधिवेशनबाट सचिव चुनिन सफल भएका हुन्। यस्तै काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेले नेता गोकुल बास्कोटाको नाम पनि एकल सिफारिस गरेको छ। हाल एमालेका केन्द्रीय सदस्य बास्कोटा २०७४ र २०७९ सालका चुनावमा पनि त्यही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए।

एकल नाम सिफारिस भएकाले ती निर्वाचन क्षेत्रबाट बस्नेत र बास्कोटाले नै चुनाव लड्ने करिब निश्चित भएको छ। तथापि अन्तिम निर्णय भने पार्टी केन्द्रले गर्ने छ। आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदै छ।

प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार