
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका लागि महाधिवेशनस्थल भृकुटीमण्डपमै खाना र खाजाको व्यवस्था गरिएको छ। आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउन भृकुटीमण्डपमै खाना तथा खाजाको प्रबन्ध मिलाइएको हो।
उनले बासको व्यवस्थाका लागि भने काठमाडौंका विभिन्न स्थानमा अग्रिम रूपमा होटल बुक गरिएको जानकारी दिए। धमलाका अनुसार हालसम्म ३ हजार ६ सय प्रतिनिधिका लागि आवासको व्यवस्था भइसकेको छ भने थप करिब दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन गर्न सकिने गरी तयारी गरिएको छ।
प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार