२०८२ फागुन १ , शुक्रबार
प्रतिनिधि सभा निर्वाचन

सुर्खेत-१ मा १३ जनाको उम्मेदवारी, को–को छन् चुनावी मैदानमा ?




सुर्खेत ।
सुर्खेत क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मङ्गलबार विभिन्न राजनीतिक दलका तर्फबाट उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी दर्ता गर्नेहरूमा नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्काका भाइ विष्णु खड्का, नेकपा (एमाले)बाट ध्रुवकुमार शाही र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जीतबहादुर रानाले मनोनयन दर्ता गराएका छन् ।

यसैगरी संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टेकबहादुर सिंह ठकुरी चुनावी मैदानमा उत्रिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रविकिरण हमाल, नेपाल मजदुर किसान पार्टीबाट गजबहादुर खप्तडी, नेकपा माओवादीबाट हिरु शाही, राष्ट्रिय जनमोर्चाबाट मोहन थापा, श्रम संस्कृति पार्टीबाट वीरबहादुर राना, आम जनता पार्टीबाट रेशम सेञ्चुरी, जनता समाजवादी पार्टी नेपालबाट धनसिंह सार्की, उज्यालो नेपाल पार्टीबाट ठम्मरबहादुर विष्ट र मितेरी नेपालबाट प्रकाश बुढा मगरले उम्मेदवारी दर्ता गराएका छन् । यता, सुर्खेत क्षेत्र नम्बर–२ मा १७ जनाले उम्मेदवारी दर्ता गराएको छन्।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार