२०८३ वैशाख ८ , मंगलबार

भागिरथको ‘जले जलोस् हिउँचुली सुकोस फेवाताल’ सार्वजनिक (भिडिओ)



सुर्खेत । सल्यान घर भएपनि काठमाण्डौलाई कर्मथलो बनाएका मिठो स्वरका धनी पछिल्लो दिनहरूमा निकै चर्चा कमाएका गायक भागिरथ चलाउनेको नयाँ लोक दोहोरी गीत “चर्चित लोकदोहोरी गायक भागिरथ चलाउनेको नयाँ गीत सार्वजनिक भएको छ । चलाउनेले ‘जले जलोस् हिउँचुली सुकोस फेवाताल’ नामक गीत बजारमा सार्वजनिक भएको हो । उक्त गीतको भिडिओ चलाउनेले आफ्नै युट्युब च्यानल भागिरथ चलाउनेबाट सार्वजनिक गरेका छन् । भागिरथ कै शब्द, संगीत तथा स्वर रहेको गीतमा गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् । उक्त गीतको भिडियोमा गायक चलाउनेसँगै गीता ढुंगानाले अभिनय गरेका छन् ।

भागिरथकै शब्द, संगीत रहेको गीतमा गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । प्रकाश भट्टले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन, भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् । गीतमा कृष्ण विक भान्जाको एरेन्ज छ । गीतको भिडियोमा पोखरा आसपासका सुन्दर दृश्यहरु कैद गरिएको छ । गायक चलाउनेका लोक दोहोरी गीतहरु त्र्फ ‘कसलाई सोध्नी होला’, ‘देशै छोडी जाउँला बरिलै’, ‘फलाम पिटे तरवार’, लगायतका गीत निकै चर्चित रहेका छन् । यस्तै तिज गीत तर्फ ‘नरिसाउन कान्छु’, ‘थोपडाले धोका दियो बरिलै’, ‘झमझम झम्काना’ लगायत थुप्रै गीतहरुले निकै चर्चा कमाईसकेका छन् ।

भिडिओ हेर्नुहोस् ।

प्रकाशित मिति : २०७९ फागुन २९ गते सोमबार